३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ

हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढी, पहिरोको कारण अपर तामाकोशीमा पुगेको क्षतिले सुख्खायाममा बढी विद्युत आयात गर्नुपर्ने अवस्था आउने बताउनुभएको छ ।

आईतवार ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले ४५६ मेगावटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना हेडबक्सको कन्ट्रोल विल्डिङ पूर्णरुपमा ध्वस्त भएको बताउनु भयो । उहाँले अहिलेसम्म आयोजनामा भएको क्षति यकिन गर्न नसकिएको बताउनु भयो । घिसिङले विद्युत क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीसहित चार जना बेपत्ता भएको बताउनु भयो ।

उहाँले अपर तामाकोशीको क्षतिको कारण लामो समयसम्म पुनःनिर्माण गर्न नसके यस वर्षको सुख्खायाममा विद्युत व्यवस्थापनमा केही समस्या आउनसक्ने बताउनु भयो ।

उहाँले हिउँदको समयमा बढी विद्युत आयात गर्नुपर्ने अवस्था आउने उल्लेख गर्नुभयो । उहाँले क्षति पुगेका जलविद्युत आयोजनाहरुमा छिटो भन्दा छिटो रि स्टोर गर्ने तयारीमा प्राधिकरण लागेको बताउनु भयो ।

उहाँले बाढीको कारण कावेली करिडोरको तीन वटा टावरमा क्षति हुँदा २ सय मेगावटको पूर्वाअञ्चलमा आउने लाइन बन्द भएको पनि बताउनु भयो ।

उहाँले कावेली करिडोरबाट तीन सवस्टेशन इलाम,फिदिम र ताप्लेजुङ विद्युत सप्लाई हुने लाइन पनि बन्द भएको पनि बताउनु भयो । उहाँले खिम्ति लामासाँधु आउने ट्रान्समिसन लाइनको टावरमा क्षति भएको भन्दै त्यसलाई बनाउन जाने कुनैपनि पहुँच मार्ग नभएकाले समस्या भइरहेको बताउनु भयो ।

उहाँले खिम्ति लामासाँधु आउने ट्रान्समिसन लाइन पनि एकहप्ताभित्र बनाउने बताउनु भयो । उहाँले खिम्तिदेखि ढल्केवर २२० केवी लाइनले करिव ८ सय मेगावट पावर सप्लाई गर्ने टावरतिर तामाकोशी नदी बगिरहेकाले खतरामा रहेको बताउनु भयो ।

उहाँले उक्त टावर क्षति भए ८ सय सय मेगावाटको लिखु र तामाकोशी करिडोर बन्द हुने बताउनु भयो । उहाँले चमेलिया करिडोरमा पनि केही क्षति भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘४५६ मेगावटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना हेडवक्सको कन्ट्रोल विल्डिङ पूर्णरुपमा ध्वस्त भएको छ । क्षति यकिन गर्न सकिएको छैन । चार जना बेपत्ता भएको अवस्था छ । अपर तामाकोशीको क्षतिको कारण लामो समयसम्म पूर्णनिर्माण गर्नुपरे यो वर्षको सुख्खायाममा विद्युत व्यवस्थापनमा केही समस्या आउन सक्छ । त्यो समयमा बढी विद्युत आयात गर्नुपर्ने हुनसक्छ । छिटो भन्दा छिटो रि स्टोर गर्ने तयारीमा छौं ।

कावेली करिडोरको तीन वटा टावरमा क्षति हुँदा २ सय मेगावटको पूर्वाअञ्चलमा आउने लाइन बन्द भएको छ । कावेली करिडोरबाट तीन सवस्टेशन इलाम,फिदिम र ताप्लेजुङ विद्युत सप्लाई हुने लाइन पनि बन्द भएको छ । खिम्ति लामासाँगु आउने ट्रान्समिसन लाइनको टावरमा क्षति भएको छ । त्यसलाई बनाउन जाने कुनैपनि माग नभएकाले समस्या भएको छ ।

एक हप्ताभित्र बन्ने अनुमान गर्न सकिन्छ । खिम्तिदेखि ढल्केवर २२० केवी लाइन छ । त्यसले करिव ८ सय मेगावट पावर सप्लाई गर्छ । एउटा टावर भएतिर तामाकोशी नदी बगिरहेकाले खतरामा छ भन्ने खबर आएको छ । त्यो टावर क्षति भएमा ८०० सय मेगावटको लिखु र तामाकोशी करिडार सबै बन्द हुने अवस्था छ । विद्युत लाइनको टावर जानु र आयोजना जानु फरक छ । एउटा टावर जाँदा सबै आयोजनाहरु जान्छन् ।

त्यसैले टावरलाई जोगाउन महत्वपूर्ण छ । चमेलिया करिडोरमा पनि केही क्षति भएको छ । वितरण लाइनमा पनि धेरै समस्याहरु छन् । बिट गरेको एकपटको ८ सय मेगावटा विद्युत प्रयोग गर्नसक्यौं ।

तर बाढीको कारण सबै पावर प्लान्ट बन्द भएपछि बिट गरेको विद्युत पनि खरिद गर्न सकेनौं । अहिले विद्युत निर्यात घटेको छ । करिव २५० देखि ३०० मेगावटको मात्रै निर्यात भइरहेको छ । अब निर्यात बन्द गरेर पनि नेपालमा नै खपत गर्ने हो । खपत गरेर बाँकी रहेको विद्युत मात्रै खपत गर्ने हो ।’

उहाँले अहिले नेपालबाट भारत निर्यात हुने विद्युत पनि घटेको बताउनु भयो । उहाँले करिव २५० देखि ३ सय मेगावटको मात्रै विद्युत निर्यात भइरहेको बताउनु भयो । उहाँले अब निर्यात बन्द गरेर पनि नेपालमा नै खपत गरिने बताउनु भयो ।