१३ आश्विन २०८१, आईतवार
,
Latest
प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

साना तथा मझौला व्यवसायी महासंघको अध्यक्षमा इनु पौडेल निर्वाचित



अ+ अ-

काठमाडौ‌ ।  साना तथा मझौला व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्वमा इनु पौडेल निर्वाचित हुनुभएको छ ।

भक्तपुरमा आयोजित महासंघको विशेष साधारण सभाले पौडेललाई निर्विरोध निर्वाचित गरेको हो । अध्यक्षमा पौडेल निर्वाचित भएसंगै १९ बर्षको इतिहास बोकेको महांसंघले पहिलो पटक महिला नेतृत्व पाएको छ ।

निर्वाचित भएपछि अध्यक्ष पौडेलले साना तथा मझौला व्यवसायीका समस्या सम्बोधन गर्दै सहज औद्योगिक वातावरण निर्माणमा लागि पर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले कोभिड पछि विश्वभर देखापरेको आर्थिक मन्दीको चपेटामा व्यवसायीहरु पनि परेको तथा कच्चा पदार्थको सहज आपुर्तिमा समस्याको साथै उत्पादित सामाग्रीको बजारीकरणमा पनि समस्या देखिएकाले यस तर्फ आफु सचेत अनि गम्भीर रहेको बताउनुभयो ।

महासंघको महासचिवमा कुमार भुजेल, सचिवमा सुलोचना राजभण्डारी र कोषाध्यक्षमा रविन्द्र थापा९रविन० निर्वाचित हुनुभएको छ । त्यसैगरी सहअध्यक्षमा रामकेशर बिष्ट, वरिष्ठ उपाध्यक्षमा गणेश सिंह विष्ट, प्रथम उपाध्यक्षमा परमेश्वरी विष्ट, द्धितीय उपाध्यक्षमा शान्त कुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा कुल बहादुर काफ्ले , चतुर्थ उपाध्यक्षमा अमूल मान श्रेष्ठ तथा बस्तुगत, एसोसियट र प्रदेश समेत गरि २७ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

विशेष अधिवेशनमा निर्वतमान अध्यक्ष हरि पराजुलीमाथि परेको आविश्वासको प्रस्ताव बहुमतले परित भएको थियो । बागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले विशेष साधारणसभाको उद्घाटन गर्दे साना तथा मझौला व्यवसायको प्रर्वद्धनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।