१० भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीर कपुर ‘धूम ४’ मा देखिने



अ+ अ-

एजेन्सी । यशराज ब्यानरको बहुचर्चित र चर्चित फिल्म ‘धूम’ को अर्को भागमा रणवीर कपुर प्रवेश गरेका छन् । अभिनेताको ४२ औं जन्मदिनमा यो खबर बाहिर आएको छ कि रणवीर ‘धूम ४’ मा नकारात्मक भूमिकामा देखिनेछन् ।

यो फिल्मलाई लिएर रणवीर र निर्माताबीच लामो समयदेखि चर्चा चलिरहेको सुनिएको छ । स्रोतका अनुसार ‘रणवीरले सधैं यो फिल्मप्रति चासो राख्थे ।

यसको आधारभूत विचार सुनेपछि उनी यसमा काम गर्न तयार भए र अब उनी ‘धूम ४’ को हिस्सा बन्ने पक्का भएको छ ।

यो फ्रेन्चाइजीसँग जोडिएका अभिषेक बच्चन र उदय चोपडा जस्ता अन्य कलाकारहरु ‘धूम ४’ मा देखिने छैनन् भन्ने पनि सुनिएको छ ।

यसपटक निर्माताले यो फिल्मको सिक्वेल होइन रिबुट बनाउँदैछन् । यसको कथा नयाँ बनाइनेछ ।

प्रहरी अधिकारीको भूमिकामा युवा पुस्ताका दुई नयाँ नायक पनि रहने स्रोतले जानकारी दिएको छ । चलचित्रको कथा लक भइसकेपछि अब टिमले कास्टिङको काम सुरु गर्ने भएको छ ।

कामको कुरा गर्ने हो भने रणवीर अहिले ‘रामायण’ को सुटिङमा व्यस्त छन् । यो उनको करियरको पहिलो पौराणिक फिल्म हो । यसमा उनी श्रीरामको भूमिकामा छन् ।

‘धूम’ सिरिज सन् २००४ मा सुरु भएको थियो । पहिलो भागमा जोन अब्राहमले मुख्य भूमिका निर्वाह गरेका थिए । सन् २००६ मा रिलिज भएको ‘धूम २’ मा ऋतिक रोशनले चोरको भूमिका निर्वाह गरेका थिए । सन् २०१३ मा ‘धूम ३’ रिलिज हुँदा आमिर खान मुख्य र दोहोरो भूमिकामा थिए ।