३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड

झ्याप्लेखोलामा पुरिएको अवस्थामा भेटियो दुई दिनदेखि हराएको बस

झ्याप्लेखोलामा पुरिएको अवस्थामा भेटियो दुई दिनदेखि हराएको बस
अ+ अ-

काठमाडौं । धादिङको लनौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएको छ ।

पहिरोमा सवारी साधन पुरिएको आशंकामा खोजी गर्दा एउटा बस फेला परेको हो । बसको केही भाग मात्र देखिएको छ । नम्बर भने खुलिसकेको छैन । डोजर प्रयोग गरेर पहिरो पन्छाउने प्रहरीको प्रयास जारी छ ।

गोरखाबाट शुक्रबार काठमाडौंबाट छुटेको तर सम्पर्कमा नरहेको भनिएको बस यही हुन सक्ने आशंका गरिएको छ ।

गोरखाको दरौदी यातायातको बस बेपत्ता भएको थियो । शुक्रबार बिहान गोरखा दरौदी यातायात सेवा कम्पनी प्रा लिको ना ४ ख २२७० नं को बस गोरखाको लापुबेसिबाट काठमाडौका लागि छुटेको थियो । सोही दिनको राति १० बजे खानीखोलासम्म सम्पर्क भएको र त्यसपछि सम्पर्क हुन नसकेको कम्पनीले जनाएको छ ।

सोही बस अहिले पुरिएको अवस्थामा फेला परेको हुनसक्ने आशंका छ ।

यसैबीच बुटवलबाट शुक्रबार बिहान छुटेको लु १ ज ४५७८ नम्बरको विंगर बस शुक्रबार राति नै पुरिएको भए पनि शनिबार साँझ मात्रै गाडी र १४ यात्रुको शव फेला परेको पश्चिम नेपाल बस व्यवसायी समितिले जनाएको छ । समितिको बुटवलस्थित टिकट काउन्टरका कर्मचारी लक्ष्मण कार्कीका अनुसार गाडीले बुटवलबाट १३ जना यात्रु लिएर शुक्रबार बिहान हिँडेको थियो ।

लु १ ज ४५७८ नम्बरको उक्त गाडी शुक्रबार बिहान बुटवलबाट छुटेको थियो । गाडी शुक्रबारै राति पहिरोमा पुरिएको थियो । बुटवलबाट १३ यात्रु लिएर हिँडेको उक्त गाडीका यात्रु र चालक गरी १४ जनाको शव फेला परेको नागढुंगा प्रहरीले जनाएको छ ।

गाडीबाट ८ पुरूष, ५ महिला र १ बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ । हालसम्म चालक रमेश लुइँटेल, बुटवल–१६ सेमलारकी सिर्जना कुँवर र प्रकाश कुँवरको पहिचान खुलेको छ ।