२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद्को सामना गर्न राप्रपाको आह्वान



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बाढी, पहिरो र डुबानका कारण देशमा धेरै क्षति भएको भन्दै मिलेर विपद्को सामना गर्न आह्वान गरेको छ ।

राप्रपाले विज्ञप्ति जारी गर्र्दै अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट जनधनको क्षति हुन पुगेको घटनाप्रति दु्:ख व्यक्त गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको विज्ञप्तिमा अविरल वर्षाको वितण्डाबाट ज्यान गुमाउन पुगेकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना र घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

विज्ञप्तिमा भनिएको छ– ‘वर्षाका कारण राजधानी छिर्ने सडक मात्रै होइन देशभरका दर्जनौं सडक, पुल र राजमार्ग बन्द हुँदा सवारी आवागमनमा कठिनाइ उत्पन्न भएको छ। कैयन् भौतिक संरचना क्षतिग्रस्त बन्न पुगेको छ भने नागरिकको निजी सम्पत्ति तहसनहस बन्न पुगेको छ । कैयन ठाऊककमा किसानले भित्र्याउने बेलाको बाली पूर्णरुपमा नष्ट हुन पुगेको छ। अस्वभाविक वर्षा, बाढीपहिरो र डुबानबाट जनजीवन त्रसित र अस्तव्यस्त बन्न पुगेको छ ।’

राप्रपाले अविरल वर्षाका कारण ज्यान गुमाएकाहरुको परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न, संकटमा परेका नागरिकको उद्धार, पुन:स्थापना र घाइतेको नि:शुल्क उपचार गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । क्षतिको विवरण संकलन गरी पीडित नागरिकलाई राहत र क्षतिपूर्ति प्रदान गर्न र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा तीन तहकै सरकारको प्रभावकारी अग्रसरता देखाउनुपर्ने भन्दै राप्रपाले विपदको यो घडीमा सबै मिलेर यो विपदको सामना गर्न आह्वान गरेको छ ।

राप्रपाले विपदसँग जुधिरहेका आम नागरिकको साथमा उभिन, राहत, उद्धार र पुन:स्थापनामा जुट्न देशभरका हाम्रो पार्टीका सदस्यहरुलाई आग्रह गरेको छ । प्रवासमा रहेका नेपालीहरु र पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज पानसका सदस्यहरुलाई प्राकृतिक प्रकोपको यो विपत्तिमा साथ, सहयोग र हातेमालो गर्न आह्वानसमेत विज्ञप्तिमा गरिएको छ ।




भर्खरै