१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झ्याप्लेखोलामा पहिरोले पुरिएका दुई वटा गाडिबाट १४ शव निकालियो



अ+ अ-

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएका दुई वटा बसबाट १४ वटा शव निकालिएको छ ।

काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट गरी शनिबार साँझ १४ जनाको शव निकालेको हो । लु १ ज ४५७८ नम्बरको माइक्रोबाट ५ र अर्को नम्बर खुलिनसकेको बसबाट ९ वटा शव निकालिएको हो ।

अहिले पनि पहिरो गएको ठाउँमा खोजी जारी छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।