२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले चाडपर्वमा सडक सुरक्षाका साथै बजार अनुगमनलाई तिब्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

शुक्रवार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर चाडपर्वहरु मनाएँदा जनताको हर्ष उल्लासमय वातावरणमा सहयोग पु¥याउन सरकारको ध्यानाकर्षण गराएको हो । चाडपर्वहरुमा आम नागरिकलाई सहज यात्रा, सहज खाद्यान्न आपूर्ति र व्यवस्थापन गर्न एमालेले माग गरेको छ ।

नेकपा एमालेको तर्फबाट केन्द्रिय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले दिएको ज्ञापन पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले सरकारलाई चाडपर्वको मुखमा गर्नुपर्ने कार्यहरुबारे घच्घच्याएकोमा खुशी प्रकट गर्नुभयो ।

उहाँले सरकारको तर्फबाट नागरिकलाई सेवा पुर्याउने काममा कुनै कमजोरी नगर्ने प्रतिवद्धता जनाउँदै सरकार खाद्य सुरक्षा, सडक र यातायात व्यवस्थापनमा लागिपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारलाई चाडपर्वको मुखमा गर्नुपर्ने कार्यहरुलाई सम्झाउन र घच्घच्याउनका लागि तपाईंहरुले पत्र दिनुभएको छ । यो प्रोसेसमा सरकारको तर्फबाट प्रक्रिया अघि बढाउने काम हामी गर्नेछौँ ।

यात्रामा सहज होस्, बाटोघाटो सहज होस् भन्नुभएको छ । हाम्रो भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यु खाल्डो पुर्ने भनेर लागिरहनुभएको छ । स्पेशल बस सर्भिसको लागि यातायाता व्यवसायीहरुसँग कुरा गरेर काम भइरहेको छ । बजारमा गुणस्तरयुक्त सामग्री र खाद्यान्नमा निरीक्षण र अनुगमन गर्ने कुरामा हामी लागेका छौँ ।’

ज्ञापनत्र बुझाउने क्रममा नेकपा एमालेका नेता एवं केन्द्रिय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराईले नेपाली जनताका महान पर्वहरु विजया दशमी, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडहरु धमाधम आइरहेको भन्दै जनताले धुमधामसँग मनाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

दशैँ र तिहारमा संघीय राजधानी काठमाडौंबाट र देशका मुख्य शहरहरुबाट अत्याधिक रुपमा गाउँ फर्किने भएकाले तत्काल सडक मर्मत गर्न आग्रह गर्नुभयो ।

यातायातको साधन अभाव हुन नदिन वैकल्पिक उपायको समेत बन्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । सुरक्षा प्रवन्धको निम्ति ठाउँठाउँमा प्रहरी र यातायातको सहज व्यवस्थापनको निम्ति ट्राफिकको यथोचित परिचालन गर्न पनि माग गर्नुभयो ।

एमालेले चाडवाड मनाउन गाउँ फर्किनेहरुका लागि यातायातको सहज व्यवस्थापन गर्न, सडकका होटलहरुमा पाइने खाना खाजाहरु स्वस्थ एवं गुणस्तरीयताका लागि अनुगमनलाई प्रभावकारी बनाउन र चाडपर्वहरुमा हुनसक्ने कालोबजारी र महंगी आदिको नियन्त्रण गर्न तथा गुणस्तरीय र सुपथ मूल्यका पसलहरु देशभर जनपहुँचका ठाउँहरुमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।