७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल

पाँच जनाको नाम सार्वजनिक, राम्रो योग्यता हासिल गरेका सीमित

पाँच जनाको नाम सार्वजनिक, राम्रो योग्यता हासिल गरेका सीमित
अ+ अ-

काठमाडौं । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानको डीन छनोट समितिले पाँच जना प्राध्यापकको नाममा प्रथम चरणमा अन्तरवार्ताका लागि सार्वजनिक गरेको छ । छनोटमा परेकाहरुमा प्रा. डा. भोलानाथ शर्मा घिमिरे, प्रा.डा. लक्ष्मण पौडेल, प्रा.डा. संगीता सिंह, प्रा. डा. सुवर्ण शाक्य र प्रा. डा. सुशीलबहादुर बज्राचार्य छन् । उनीहरुको प्रस्तुति तथा अन्तरवार्ता भोलि शुक्रबार हुने छ ।

पाँच जनामध्ये शैक्षिक उपाधिमा संख्या गरिएका वा गतिलो शैक्षिक उपाधि हासिल गरेका प्राध्यापक भने सीमित छन् ।

वर्णानुक्रमअनुसार प्रकाशित सूचीमा भएकाहरुमा प्रा. डा. भोलानाथ शर्मा घिमिरेले एनटीएनयु नर्वेबाट मास्टर तह र विश्वविद्यालय आइआईटी बम्बेबाट विद्यावारिधि उपाधि हासिल गरेका हुन् भने अन्तर्राष्ट्रिय प्रतिष्ठित सूचीकृत जर्नलमा प्रथम लेखकका रुपमा शोधपत्र प्रकाशन गरी विद्यावारिधि गर्नेमा उनी मात्र रहेको पाइएको छ ।

त्यस्तै प्रा.डा लक्ष्मण पौडेलले स्नातकमा भारतबाट तीन वर्षे एएमआईई, काठमाडौं युनिभर्सिटीबाट विद्यावारिधि उपाधि लिएका हुन् । त्रिविले समकक्षता प्रदान गरे तापनि उनको उपाधि एएमआईईलाई शैक्षिक उपाधि नभएको भनी भारतको विश्वविद्यालय अनुदान आयोगले किटान गरेको हुँदा नेपालमा पनि बेलाबखतमा प्रश्न उठ्ने गरेको छ ।

त्यस्तै प्रा.डा. संगीता सिंहको पनि विद्यावारिधि गर्दा र हालसम्म पनि प्रथम लेखकका रुपमा कुनै पनि अन्तर्राष्ट्रिय प्रतिष्ठित सूचिकृत जर्नलमा प्रकाशन नरहेको हुनाले प्राज्ञिक विशिष्टतामा प्रह्न चिह्न छ । राष्ट्रिय योजना आयोगमा एमालेको कोटाबाट दुई पटकसम्म सदस्य भइसकेकी प्रा. डा. सिंह माननीय भइसकेको व्यक्ति इन्जिनियरिङ अध्ययन संस्थानको डीन पदमा सूचीकृत हुँदा माननीयको हैसियतलाई अनादर गरेको देखिन्छ ।

प्रा. डा. सूवर्ण शाक्यको हकमा भने थुप्रै विवादास्पद विषय रहेको देखिन्छ । डा. शाक्यले पहिलेको सोभियत संघबाट विद्यावारिधि गरेको भए पनि त्यसमा शंका गर्नुपर्ने रहेको थुप्रै ठाउँ रहेको जानकार बताउँछन् । विगत लामो समयदेखि त्रिविको एक मात्र कम्प्युटर इन्जिनियरिङका पूर्ण प्राध्यापक हालसम्मका विवादास्पद कार्यहरुले आफ्नै साथीभाईहरु निजप्रतिको हेराई राम्रो मान्दैनन् । विद्यावारिधिमा के कस्तो जर्नर प्रकाशन गरेको कसैलाई पनि थाहा नभएको तथा प्राध्यापक जस्तो विशिष्ट पदको पदीय आचरणको स्खलन हुने गरी विभिन्न निजी इन्जिनियरिङ कलेजहरुमा आफ्नो र परिवारको नाममा सेयर रहेको तथा प्रिडेटोरी जर्नलमा लेख प्रकाशन गर्ने गरेको बताइएको छ । केही समय पहिले फेक संस्थाबाट संसारकै टप १०० प्राध्यापक हो भनी प्रचार गरेको आरोप पनि उनीमाथि छ ।

त्यस्तै प्रा. सुशिलबहादुर बज्राचार्य इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत सहायक डीन हुन् ।  प्रा. बज्राचार्यको विद्यावारिधि उपाधि गर्दा एउटा पनि लेख जर्नरमा प्रकाशन भएको देखिँदैछ । हालसम्म पनि प्रथम लेखकका रुपमा प्रा. बज्राचार्यको कुनै पनि गतिलो लेख प्रकाशन छैन ।

यसरी समग्रमा हेर्दा डीन पदको दावेदारीमा सूचीकृत भएका ८० प्रतिशत प्राध्यापकहरुको नैतिकता र प्राज्ञिक विशिष्टतामा प्रश्न उठ्ने देखिन्छ । अब पाँच जनाबाट छनोट समितिले तीन जनाको नाम डीन नियुक्तिका लागि सिफारिस गर्ने छ । अब छनोट समितिले के आधारमा तीन जनाको नाम सिफारिस गर्छ त्यो मूल्यांकन हुनै बाँकी छ र सबै सरोकारवालाको ध्यान त्यसैको प्रतिक्षामा छ ।