३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

हत्याका फरार अभियुक्त पक्राउ

हत्याका फरार अभियुक्त पक्राउ
प्रतीकात्मक तस्बिर
अ+ अ-

जलेश्वर । कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक र नागरिकता मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् । आठ वर्ष अगाडि २२ वर्षीय किशोरलाई अपहरण गरेर कर्तव्य गरी मारेर फरार रहँदै आएका एकडारा गाउँपालिका–३ का जीवछ अन्सारीलाई महोत्तरीको जलेश्वर नपा–३ भिठ्ठामोडबाट बुधबार प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका अन्सारीलाई सार्वजनिक गरेको हो । प्रहरी उपरीक्षक केसीका अनुसार पक्राउ परेका अन्सारीले चार÷पाँच जनासँग मिलेर विसं २०६९ चैत ४ गते जिल्लाकै सोनमा गाउँपालिका–८ का श्याम राय यादवका छोरा कक्षा १२ मा अध्ययनरत २२ वर्षीय पङ्कज यादवलाई ललाइफकाई जलेश्वर घुमाउने भनी ल्याएर अपहरण गरी लागुऔषध सेवन गराई अर्धचेत भएपछि जलेश्वर नपा–१ स्थित राविम क्याम्पसको चौरमा निजको घाँटी रेटी हत्या गरेका थिए । पङ्कज धनुषाको जनकपुर नगरपालिकाको पिडाडीचोकमा डेरा गरी बस्दै आएका थिए ।

पक्राउ परेका अन्सारीले नै ल्याएको छुराबाट चार–पाँच जना मिलेर किशोर यादवको हत्या गरी उनले नै बोकी ल्याएको खुर्पा र कोदालोले घटनास्थल नजिकै रहेको रातुखोलाको बगरमा खाल्डो खनी शव गाडेका थिए । साथै मृतकका बुवा श्याम राय यादवलाई विसं २०६९ चैत १० गते सिरहा जिल्लाको लक्ष्मीपुरस्थित कमला नगरमा बोलाई रु सात लाख नेपाली फिरौतीसमेत लिएका थिए । 

महोत्तरी जिल्ला अदालतले निज अन्सारीको हकमा विसं २०७२ जेठ १८ गते अपहरण तथा शरीर बन्धक मुद्दामा १७ वर्ष कैद र रु दुई लाख ७५ हजार जरिवाना तोकेको छ भने कर्तव्य ज्यान मुद्दा मुल्तवीमा छ । त्यस्तै उनले झुठा विवरण पेश गरेर विसं २०५१ मा नेपाली नागरिकता लिएकामा उनी उपर २०६२ मा जिल्ला प्रशासन कार्यालय महोत्तरीमा नागरिकता मुद्दासमेत चलाइएको छ । विद्यार्थी यादवको अपहरण तथा हत्या मुद्दामा यसअघि दुई जना पक्राउ परिसकेको र उनीहरु कारागारमा कैदी जीवन बिताइरहेका छन् भने दुई÷तीन जना अझै फरार छन् ।