१० भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलयालम अभिनेता सिद्दिकीविरुद्ध पक्राउ पुर्जी जारी



अ+ अ-

एजेन्सी । हेमा समितिको प्रतिवेदन बाहिर आएपछि मलयालम अभिनेत्री रेवती सम्पथले वरिष्ठ अभिनेता सिद्दिकीविरुद्ध शारीरिक दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

केरला उच्च अदालतले सिद्दिकीलाई अग्रिम जमानत दिन अस्वीकार गरेको छ । अभिनेतालाई अदालतमा हाजिर हुन भने पनि अभिनेता अदालतमा उपस्थित भएनन् ।

अहिले उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले उनलाई पक्राउ गर्न घर पुग्यो तर त्यतिन्जेलसम्म अभिनेता फरार भइसकेका थिए ।

उनले प्रयोग गरेका दुवै मोबाइल नम्बर पनि स्वीच अफ छन् । यस्तो अवस्थामा उनलाई फरार घोषणा गरिएको हो । अभिनेताले जमानतका लागि सर्वोच्च अदालत जाने खबर आएको छ ।

हेमा समितिको प्रतिवेदन बाहिर आएपछि दक्षिण अभिनेत्री रेवती सम्पतले अभिनेता सिद्दिकीविरुद्ध गत अगस्टमा त्रिभाण्ड संग्रहालय प्रहरी चौकीमा शारीरिक दुव्र्यवहारको उजुरी दिएकी थिइन् ।

अभिनेत्रीले आरोप लगाएकी छिन् कि ८ वर्ष पहिले २०१६ मा सिद्दिकीले उनलाई मस्कट होटलमा एक फिल्मको बारेमा छलफल गर्न बोलाका थिए, जहाँ उनको शारीरिक शोषण भएको थियो ।

उजुरी दिनुअघि नै रेवतीले यो घटनाबारे कुरा गरेकी थिइन् । तर, सिद्दिकीले त्यसबेला रेवतीले आफूलाई अनावश्यक रूपमा फसाउन खोजेको स्पष्ट पारेका थिए ।

बरिष्ठ अभिनेता सिद्दिकी मलयालम चलचित्र कलाकार संघको महासचिव थिए, तर आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका छन् । मलयालम सिनेमाबाट आएका यौन उत्पीडनका घटनाहरूको छानबिन गर्नका लागि विशेष अनुसन्धान टोली गठन गरिएको थियो ।