२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुनैदले भने– आमिर खानको छोरा भएर फिल्म ‘महाराज’मा काम पाएँ



अ+ अ-

एजेन्सी । जुनैद खानले आफू आमिर खानका छोरा नभएको भए सायद फिल्म ‘महाराज’मा काम नपाउने खुलासा गरेका छन् । यद्यपि जुनैदले यो फिल्मका लागि अडिसन पनि दिएका थिए ।

हालै जुनैद एनडीटीभी युवा कार्यक्रममा अतिथिको रूपमा देखा परेका थिए । यहाँ उनले आफ्नो अहिलेसम्मको कामको अनुभव बताएका थिए । जुनैदले आमिरको फिल्म लाल सिंह चड्ढाका लागि पनि अडिसन दिएको बताए ।

जुनैदले थप भने, ‘हो, बुबाले (लाल सिंह चड्ढा) बारे पहिले नै कुरा गर्नुभएको थियो । जब मैले यसका लागि परीक्षा दिएँ, बुबालाई त्यो परीक्षा धेरै मन पर्यो । तर फिल्मको बजेटका कारण नयाँ कलाकारलाई लिएर फिल्म बनाउन सकिएन । यही कारणले मैले त्यो फिल्ममा काम गर्ने मौका पाइनँ ।’

जुनैदले महाराज फिल्मबाट बलिउडमा डेब्यु गरेका हुन् । यो फिल्मलाई सिद्धार्थ पी मल्होत्राले निर्देशन गरेका हुन् । जुनैद बाहेक फिल्ममा जयदीप अहलावत, शालिनी पाण्डे र शर्वरी जस्ता सेलिब्रेटीले काम गरेका छन् ।