६ आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार भुक्तानी नपाएपछि लुम्बिनी क्षेत्र भित्र निर्माणका काम ठप्प, निर्माण व्यवसायी धर्नामा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार एकैदिन १७ सयले बढ्दै सुन मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो?
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबलाई



अ+ अ-

काठमाडौँ । नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।

माल्दिभ्सको मालेमा भएको फाइनल खेलमा पुलिस क्लबले उज्वेकिस्तानको हुमो भिसीलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।

उक्त प्रतियोगितामा पुलिस क्लब अपराजित रह्यो । पुलिस क्लबले पहिलो सेट २५–१६ अङ्कले जितेको थियो । दोस्रो सेट पनि उसले २५–२२ अङ्कले जितेको थियो । तेस्रो सेटमा २५–२३ अङ्कको जित निकाल्दै पुलिस क्लबले उपाधि हात पारेको हो ।

यसअघि पुलिस क्लबले लिग चरणको पहिलो खेलमा उज्वेकिस्तानको हुमो भिसीलाई नै ३–० सोझो सेटमा पराजित गरेको थियो ।

यस्तै अन्य खेलमा पुलिस क्लबले श्रीलङ्काको श्रीलङ्का एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्बललाई ३–० सेटले नै पराजित गरेको थियो ।

यस्तै पुलिस क्लबले माल्दिभ्सको वाम्कोलाई ३–२ सेटले तथा लिग चरणको अन्तिम खेलमा घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३–१ सेटले पराजित गरेको थियो ।