५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना पराजित भएको छ ।

गएराति भएको खेलमा बार्सिलोना फ्रेन्च क्लब एएस मोनाकोसँग २–१ गोलले स्तब्ध बनेको हो । खेलको १० औं मिनेटमा एरिक गार्सियाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

घरेलु टोलीलाई जित दिलाउन खेलको १६ औं मिनेटमा माघ्नेस एक्लिओचेले र ७१ औं मिनेटमा जर्ज इलेनीखेनाले गोल गरे । यता, २८ औं मिनेटमा बार्सिलोनाका लामिने यामलले गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् ।

जितसँगै मोनाकोले ३ अंक जोडेको छ भने बार्सिलोनाले हारबाट लिगको सुरुवात गरेको छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा इंग्लिस क्लब आर्सनलले इटालियन क्लब एटलान्टासँग बराबरी खेलेको छ ।

एटलान्टाको घरेलु मैदानमा भएको खेलमा दुबै टोलिले गोलरहित बराबरी खेल्दै एक–एक अंक बाँडेका हुन् ।