२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुलशनको विश्व कीर्तिमान, क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पारे



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ मा नेपालले ओमानसँग हार ब्यहोरेपनि नेपालका युवा अलराउण्डर गुलशन झाले भने विश्व कीर्तिमान बनाएका छन् ।

गुलसनले ओमानविरुद्ध पाँच विकेट लिनुका साथै ५० माथि रन बनाउँदै ओडीआईमा कम उमेरमा यो सफलता हात पारेका हुन् ।

यस मामिलामा उनले दुई लेजेन्ड्स खेलाडी क्रिस गेल र शाहिद अफ्रिदीलाई समेत पछि पारे ।

उनले १८ वर्ष २१४ दिनमा उक्त सफलता हात पारेका हुन् । यसअघि सन् २००० मा पाकिस्तानका अब्दुल रजाकले २० वर्ष ५० दिनमा भारतविरुद्ध बनाएको कीर्तिमान तोडिएको हो ।

पाकिस्तानकै शाहिद अफ्रिदीले २००० मा इंग्ल्यान्डविरुद्ध २० वर्ष २४० दिनमा उक्त सफलता हात पारेका थिए ।

यस्तै, वेस्ट इण्डिजका क्रिस गेलले २००३ मा २३ वर्ष २५३ दिनमा अष्ट्रेलियाविरुद्ध तथा २०२३ मा नेदरल्यान्ड्सका बास डि लिडेले २३ वर्ष २३३ दिनमा स्कटल्यान्ड एकै ओडीआई खेलमा ५ विकेट लिनुको साथै ५० माथि रन बनाएका थिए ।

गुलसन लिग–२ मा एकै खेलमा ५ विकेट र ५० माथि रन बनाउने पहिलो खेलाडी पनि बनेका छन् । अर्कोतर्फ ओडीआई इतिहासमा एकै खेलमा ५ विकेट र ५० माथि रन बनाउने गुलशन विश्वकै २४ औं खेलाडी बने ।

खेलको कुरा गर्दा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएको थियो । गुलशनले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रन बनाएका थिए ।

२२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै भेट्टायो । गुलशनले १० ओभरमा ४७ रन खर्चेर ५ विकेट लिएका थिए । उनी प्लेयर अफ द म्याच समेत घोषित भए ।