८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय

गुलशनको विश्व कीर्तिमान, क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पारे

गुलशनको विश्व कीर्तिमान, क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पारे
अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ मा नेपालले ओमानसँग हार ब्यहोरेपनि नेपालका युवा अलराउण्डर गुलशन झाले भने विश्व कीर्तिमान बनाएका छन् ।

गुलसनले ओमानविरुद्ध पाँच विकेट लिनुका साथै ५० माथि रन बनाउँदै ओडीआईमा कम उमेरमा यो सफलता हात पारेका हुन् ।

यस मामिलामा उनले दुई लेजेन्ड्स खेलाडी क्रिस गेल र शाहिद अफ्रिदीलाई समेत पछि पारे ।

उनले १८ वर्ष २१४ दिनमा उक्त सफलता हात पारेका हुन् । यसअघि सन् २००० मा पाकिस्तानका अब्दुल रजाकले २० वर्ष ५० दिनमा भारतविरुद्ध बनाएको कीर्तिमान तोडिएको हो ।

पाकिस्तानकै शाहिद अफ्रिदीले २००० मा इंग्ल्यान्डविरुद्ध २० वर्ष २४० दिनमा उक्त सफलता हात पारेका थिए ।

यस्तै, वेस्ट इण्डिजका क्रिस गेलले २००३ मा २३ वर्ष २५३ दिनमा अष्ट्रेलियाविरुद्ध तथा २०२३ मा नेदरल्यान्ड्सका बास डि लिडेले २३ वर्ष २३३ दिनमा स्कटल्यान्ड एकै ओडीआई खेलमा ५ विकेट लिनुको साथै ५० माथि रन बनाएका थिए ।

गुलसन लिग–२ मा एकै खेलमा ५ विकेट र ५० माथि रन बनाउने पहिलो खेलाडी पनि बनेका छन् । अर्कोतर्फ ओडीआई इतिहासमा एकै खेलमा ५ विकेट र ५० माथि रन बनाउने गुलशन विश्वकै २४ औं खेलाडी बने ।

खेलको कुरा गर्दा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएको थियो । गुलशनले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रन बनाएका थिए ।

२२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै भेट्टायो । गुलशनले १० ओभरमा ४७ रन खर्चेर ५ विकेट लिएका थिए । उनी प्लेयर अफ द म्याच समेत घोषित भए ।