२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पक्राउ गरेर देखाउन राप्रपा अध्यक्ष लिङदेनको चुनौती



अ+ अ-

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिनुभएको छ ।

बुधवार पार्टीका नवनियुक्त केन्द्रिय सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले संविधान विरोधी पार्टीका नेतालाई सरकारले नोटिसमा राखेको समाचार देखेको भन्दै आफुलाई पक्राउ गरेर देखाउन चुनौती दिनुभएको हो । उहाँले आफूहरु संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विरोधी भएको र यसको विपक्षमा उभिने बताउनु भयो । उहाँले आफुहरुले अराजकतामा भविष्य नखोजेको भन्दै अहिलेसम्म संयमता अपनाइरहेको बताउनु भयो । उहाँले यो संविधानले काम गर्न नसक्ने भन्दै विगतमा राम्रा कुराहरुलाई समेटेर दलहरुका बीचमा नविन समझदारीका साथ संशोधन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिले भर्खर यहाँ बसेको बेलामा सामाजिक सञ्जालमा देखेँ । भोलि संविधान दिवस छ । संविधान दिवसमा संविधान विरोधी पार्टीका नेताहरुलाई नोटिसमा राखिएको छ र त्यसमा राजेन्द्र लिङ्देन पनि सरकारको नोटिसमा छ भनेर अहिले हेरेँ । म यहाँबाट केपि ओलीको सरकारलाई चुनौतीको भाषामा भन्न चाहन्छु, यो संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता, संघीयताको विरोधी हो राजेन्द्र लिङदेन । राजेन्द्र लिङदेन त्यसको विरोध गर्छ । विपक्षमा छ । सके पक्रेर देखाओ । हामीले अराजकताभित्र भविष्य खोजेका छैनौँ । कुनै अराजकतामा आफ्नो भविष्य खोजेका छैनौँ । त्यसकारण हामीले संयमता अपनाइरहेका छौँ । हामीले यो सरकार र ठुला पार्टीहरुलाई आह्वान गरिराखेका छौँ कि यो संविधानले काम गरेन । यो संविधानले काम गर्न सक्दैन । यो संविधान जति परसम्म बोकेर लगिन्छ, देश र जनताले त्यति नै दुःख पाउनेछन् र देश ध्वस्त हुने अवस्था छ । त्यसकारण चाँडोभन्दा चाँडो सबै अटाउने, हिजोका र आजका राम्रा विषयहरुलाई समेटेर नयाँ यात्रा तय गर्नुछ । अब अगाडी जानुको विकल्प छैन ।’

उहाँले संविधान पक्षधरहरुले जबरजस्त गरिरहेको आफुहरुले जनताको बलमा संविधान उल्ट्याउने चेतावनी दिनुभयो । उहाँले ढिलो चाँडो जनताले वर्तमान संविधान फाल्ने र त्यो अभियानको नेतृत्व राप्रपाले गर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल