१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एप्पलका सामग्री आयत गर्ने जेनेरेशन नेक्स्ट कम्युनिकेसन प्रालि कानूनी उपचारमा जाने



अ+ अ-

काठमाडौं । नेपालमा एप्पलका सामग्री आयात तथा बितरण गर्दै आएको जेनेरेशन नेक्स्ट कम्युनिकेसन प्रालिले आफनो संस्था र नेपाल दुरसंञ्चार प्राधिकरण ई लक्षित गरी बिभिन्न व्यक्ति र सस्थाले लगाएको आरोप प्रति असहमति जनाउदै कानुनी उपचारमा जाने जनाएको छ ।

प्रालीले एक बिज्ञप्ति जारी गर्दे नेपालमा सूचना प्रविधिको उद्यम व्यवसाय गर्दै आएका व्यवसायी तथा उद्यमी रुद्रराज पाण्डेले नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) र त्यसका कर्मचारीहरुमाथि बिना प्रमाण लगाएको आरोप प्रति असहमति जनाउदै कानुनी उपचारमा जाने जनाएको हो ।

पाण्डेले आफ्नो डियरवाक ग्रुप अन्तरगत रहेको कम्पनी डियरकम्पवेयर लिमिटेडले नेपालमा आइफोन आयात गर्न प्रयास गरेको र त्यसमा प्राधिकरणले स्वीकृति नदिएको भन्दै बिभिन्न आक्षेप लगाउनु भएको थियो ।

कम्पनीले सन् २०१२ देखि नै नेपालमा आइफोन भित्र्याउँदै आएको छ । जेननेक्स्टले एप्पलसँग पछिल्लो पटक अगस्ट ५, २०२४ मा आधिकारीक सम्झौता अपडेट गरेको छ । उक्त सम्झौता पत्र ’एनडीए’ अर्थात नन डिस्क्लोजर एग्रीमेन्ट भएको हुँदा बाहिर सार्वजनिक गर्न नमिल्ने भए पनि कम्पनी वा नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) बाट हेर्न सकिने कम्पनीले जनाएको छ ।

जेननेक्स्टले आयात गरेर नेपालमा ओलीज स्टोर, इभो स्टोर, लगायतका अन्य रिटेल कम्पनीहरुलाई आइफोन उपलब्ध गराउँदै आएको छ र सोही स्टोरहरुमार्फत आइफोन बेचिन्छन् । अझ महत्वपूर्ण भनेको एप्पलले जेननेक्स्टलाई आइफोन आयात गर्न र बिक्री गर्न दिएको छ भने कम्पनीको नेपालमा प्राविधिक काम गर्न र टाइप अप्रुभलको प्रकृयाका लागि डेल कन नामक छुट्टै कम्पनीलाई जिम्मा दिएको छ ।