३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालु आवको दोस्रो त्रैमासमा ग्लोबल आईएमई नाफामा सबैभन्दा अगाडि



अ+ अ-

काठमाडौँ ।  चालु आवको दोस्रो त्रैमासिकको विवरण अनुसार भने ग्लोबल आईएमई बैंक नाफामा अग्रपङ्क्तिमा रहेको छ । नम्बर वान बैंकको रुपमा देखिएको छ । यसअघि नबिल र एनआईसी एसिया बैंक नाफामा अगाडि रहेका थिए । 

ग्लोबल आईएमई बैंकले चालु आवको दोस्रो त्रैमासिकमा १५ प्रतिशतले नाफा बढाएको छ । गत आर्थिक वर्षको सोही त्रैमासमा कुल रु दुई अर्ब ३१ करोड नाफा गरेको ग्लोबल आईएमई बैंककले चालु आवको दोस्रो त्रैमासिकमा रु २ अर्ब ६६ करोड नाफा गरेको छ । यो सबै बैंकभन्दा बढी नाफा हो ।

यस्तै नाफाका हिसाबले दोस्रो स्थानमा एनआईसी एसिया बैंक रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु दुई अर्ब छ करोड नाफा गरेको एनआईसी एसिया बैंकले चालु आवको दोस्रो त्रैमासिकमा रु दुई अर्ब ४० करोड नाफा गरेको छ । एनआईसी एसिया बैंकको नाफा गत आवको तुलनामा १६।४७ प्रतिशतले बढेको हो ।

त्यस्तै नाफामा नबिल बैंक तेस्रो बनेको छ । यसअघि नाफामा नम्बर एक बनेको नबिल बैंक यो पटक भने तेस्रो बनेको छ । नबिलले गत आर्थिक वर्षको सोही अवधिमा रु दुई अर्ब एक करोड नाफा गरेकामा चालु आवमा रु दुई अर्ब १८ करोड नाफा गरेको छ । जुन गत आवको सोही त्रैमासिकको तुलनामा ८।२० प्रतिशत बढी हो ।

चालु आवको दोस्रो त्रैमासमा प्रभु बैंक, प्राइम कमर्सियल बैंक, कुमारी, एभरेष्ट र नेपाल बंगलादेश बैंकको नाफा भने घटेको छ । गत वर्षको सोही अवधिको तुलनमा ती बैंकको नाफा घटेको हो । 

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सिभिल बैंकले भने सबैभन्दा बढी नाफा गरेको छ । यो बैंकले अघिल्लो आवको सोही अवधिको तुलनामा नाफा १४८ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु २० करोड नाफा गरेको बैंकले चालु आवको दोस्रो त्रैमासिकमा कुल रु ५० करोड नाफा गरेको छ ।