२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई भेटे रविले, उपसभामुखबारे के भने ?



फाइल तस्विर
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर लामिछानले प्रधानमन्त्रीलाई भेटेका हुन् ।

रास्वपाकी सांसद्समेत रहेकी उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले तयारी गरिरहेको अवस्थामा प्रधानमन्त्रीलाई भेट्न लामिछाने बालुवाटार पुगेका हुन् ।

उपसभामुख हटाउन भइरहेको प्रयासबारे प्रधानमन्त्रीसँग सोधखोज गर्न लामिछाने बालुवाटार पुगेका हुन् । लामिछानेले त्यसबारे सोध्दा प्रधानमन्त्री ओलीले हल्ला भए जस्तो केही नभएको जवाफ दिएको बताइएको छ ।

कतिपय नेताहरुले उपसभामुखलाई हटाउन कांग्रेस र एमालेका नेताहरुले हस्ताक्षेरसमेत भइरहेको बताएका छन् । यसबारेमा पनि लामिछानेले प्रधानमन्त्रीसँग प्रश्न गरेका थिए । तर, प्रधानमन्त्रीले यस विषयमा कुनै कार्यहरू अगाडि नबढेको बताएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार उपसभामुख हटाउने विषयमा प्रधानमन्त्रीले कुनै छलफल नगरेको जवाफ रविलाई दिएका थिए ।

प्रधानमन्त्रीले बाहिर हल्ला भए जस्तो केही नभएको बताए पनि उपसभामुखलाई हटाउने विषयमा सत्ता साझेदार दलहरूले पहल सुरु गरिसकेका छन । बिहीबारसम्म प्रतिनिधि सभा बैठकमा बहुमत सांसद्को हस्ताक्षर पेश गर्ने योजनासहित सत्तारुढ दल अघि बढेका हुन् ।

उपसभामुख सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँचजना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई पत्र लेखेकी थिइन् । सत्तारुढ दलहरूले यसैलाई आधार बनाएर उनलाई हटाउने तयारी गरेका हुन् ।

खासगरी प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषदमा बहुमतमा नभएका कारण उपसभामुखलाई हटाउन खोजेका हुन् ।

संवैधानिक परिषदमा बहुमतले निर्णय गरिन्छ । अहिले प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

जसमा सदस्यहहरूमध्ये प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना सरकारको विपक्षमा छन् ।




भर्खरै