२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमति



अ+ अ-

काठमाडौं । सत्तारुढ दलहरूले सरकार र संसद्का समग्र कामलाई थप प्रभावकारी, सन्तुलित र व्यवस्थित बनाउने सहमति गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरूको आज बसेको बैठकमा सरकारका समग्र काममा सत्ता पक्ष कसरी एकीकृत रुपमा प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमतिका विषयका आधारमा सरकारको न्यूतनम साझा कार्यक्रम बनाउने सहमति गरेको उहाँले बताउनुभयो । बैठकमा संविधान संशोधन राष्ट्रको आवश्यकताका आधारमा सबैको स्वीकार्यता बढाउने गरी छलफल सुरु गर्नेलगायत विषयमा छलफल भएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले संविधान संशोधनका विषयलाई भ्रमपूर्ण र अवान्छित रुपमा प्रस्तुत गरेको टिप्पणी गर्दै बैठकमा सो विषयमा समीक्षा भएको बैठकमा सहभागी एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

बैठकले जनतामा व्याप्त निराशालाई आशामा जगाउने उद्देश्यका साथ सरकारका कामलाई गति दिने विषयमा छलफल भएको उहाँले बताउनुभयो । यसैगरी सत्तारुढ दलबीच दलीय आधारमा फरक मान्यता र धारणा भए पनि सरकार र संसद्का काममा साझा धारणाका साथ प्रस्तुत हुने सम्बन्धमा छलफल भएको मुख्य सचेतक बर्तौलाले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अब्दुल खानलगायत सहभागी हुनुहुन्थ्यो ।




भर्खरै