१० भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलयालम अभिनेता निभिन पाउलीविरुद्ध बलात्कारको मुद्दा दर्ता



अ+ अ-

एजेन्सी । हेमा समितिको प्रतिवेदन बाहिर आएको केही दिनमै मलयालम अभिनेता निभिन पाउलीमाथि मंगलबार यौन शोषणको आरोप लागेको छ ।

एक ४० वर्षीया महिलाले केरलाको एर्नाकुलमको ओन्नुकल पुलिस स्टेशनमा निभिन सहित ६ जनाविरुद्ध उजुरी दिएकी छन् ।

आरोपितमा श्रेया नामकी एक महिला पनि छन् । यसबाहेक निर्माताको नाम एके सुनिल, बिनु, बशीर, कुट्टन र निभिन पाउली छन् । निभिन मुद्दामा छैटौं अभियुक्त हुन् ।

पीडित महिलाले अभिनेताले आफूलाई दुबईमा बलात्कार गरेको आरोप लगाएकी छन् । अभिनेता निभिनले भने यी आरोपहरूलाई निराधार र झुटो भनेका छन् ।

मिडिया रिपोर्टका अनुसार उजुरीकर्ता महिला पहिलो पटक आरोपी श्रेयाको सम्पर्कमा आएकी थिइन् । श्रेयाले युवतीलाई युरोपमा केयरगिभरको काम गर्ने प्रस्ताव राखेकी थिइन् । महिलाले काम नगरेपछि श्रेयाले उनीसँग पैसा फिर्ता मागेकी थिइन् । केही दिनपछि आरोपी श्रेयाले ती महिलालाई फिल्मको अफर गरिन् । यस क्रममा उनलाई लागूऔषध खुवाएर यौन शोषण गरिएको थियो । महिलाले आफूलाई विभिन्न अवसरमा ६ जना अभियुक्तले केही न केही गरेको बताएकी छन् । यी सबै घटना नोभेम्बर २०२३ मा दुबईमा भएका थिए ।