१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान

एमसिसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन घनश्याम भुसालको माग

एमसिसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन घनश्याम भुसालको माग
अ अ+ अ-
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमसिसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन माग गर्नुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले आफ्नो पार्टी तत्काल एमसिसी अनुगमनको लागि एउटा संसदीय समिति बनाउनुपर्ने पक्षमा रहेको बताउनु भयो । उहाँले एमसिसी परियोजना १२ बुँदे व्याख्यात्मक टिप्पणीअनुसार लागू भइरहेको छ वा छैन भनेर अनुगमन गरी नागरिकलाई जानकारी गराउनुपर्ने बताउनु भयो । उहाँले संसदले एमसिसी परियोजना सामरिक होइन र नेपालको कानूनअनुसार नै अघि बढ्छ भन्ने विश्वास जनतालाई दिन सक्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘एमसीसी र एसपीपीका बारेमा मैले लामो कुरा गर्दिन । अहिले पनि गर्नुपर्ने कुरा एउटा छ । धेरै जरुरी कुरा छ । संसदले त्यत्रो बहस गरेर, छलफल गरेर १२ बुँदे गर्‍यो । त्यो व्याख्यात्मक टिप्पणी गर्‍यो । खासगरी त्यसमा उठेका दुई प्रश्न थिए । हाम्रो संविधान माथि नै हावी हुन्छ की हुँदैन भन्ने लगायतका प्रश्न थिए । यो विवादका बीच पारित भएर आएको छ । अब के गर्ने भन्दा अब यो संसदले कम्तिमा आफ्नो संसदबाट पारित भएकाले विकास परियोजना भनिएको छ, जे भनिएको छ । यो सामरिक होइन, नेपालकै कानूनभित्र रहेर गर्छ । हामीले भनेको जस्तै गर्छ, यो १२ बुँदे अनुसार नै गर्छ भनेर जनतालाई आश्वस्त, विश्वस्त गराउनुपर्छ की पर्दैन?पार्टीहरुले । यो स्वयं संसदले पर्छ की पर्दैन । कि व्याख्यात्मक टिप्पणीका नाममा एउटा काम सकियो अब यसबाट छुट्टि पाइयो । भोलि यसमा विवाद हुन्छ । संसदमा भएका पार्टीहरु र पास गर्ने पार्टीहरु जिम्मेवार हुने हो की होइन, यदी हुने हो भने र जिम्मेवार छन् भने १२ बुँदे गर्दाको जिम्मेवारीपूर्वक गरेका हुन् र अहिले पनि जिम्मेवारी वहन गर्दछन्, त्यो कबुल गर्दछन् । त्यसकाप्रति इमान्दार छन् भने कम्तिमा यो एमसिसी माथि एउटा संसदीय अनुगमन समिति बनोस् । जसले जनतालाई यो कुरा बताओस् की त्यो व्याख्यात्मक टिप्पणीअनुसार लागू भइरहेको छ की छैन, त्यसमा के समस्या छन्, जनताले कमसे कम भएका, नभएका कुरा हल्लाका पछि लाग्नुपर्दैन ।’
महासचिव भुसालले एमसिसीलाई नेपालको बिरुद्ध नहुने गरी लैजानका लागि भरपर्दो माध्यम बनाउन आग्रह गर्नुभयो ।