२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त

अब डिजिटल अर्थतन्त्रको युग : प्रधानमन्त्री ओली

अब डिजिटल अर्थतन्त्रको युग : प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल क्षेत्रको विकासमार्फत नेपालको आर्थिक विकासलाई अगाडि बढाउन सकिने पर्याप्त सम्भावना रहेको बताउनुभएको छ । अबको युग डिजिटल अर्थतन्त्रको युग भएकाले डिजिटल क्षेत्र विश्वकै नयाँ र उच्च दरको आर्थिक वृद्धिको माध्यम हुनसक्ने सम्भावना आफूले देखेको उहाँले स्पष्ट पार्नुभयो । खासगरी विषम परिस्थितिमा डिजिटल प्रविधिको प्रयोग र औचित्य पुष्टि भएको उहाँले बताउनुभयो ।

 शनिबार दिनभर जारी ‘डिजिटल इकोनोमी कन्क्लेभ’को उद्घाटनका क्रममा उहाँले भन्नुभयो, “समयलाई चिनेर डिजिटल प्रविधिको प्रयोग र विकास सुरु नगरेको भए कोभिडको समयमा आज हामीले झन् कति धेरै कठिनाइको सामना गर्नुपथ्र्यो ?” भन्ने प्रश्न गर्दै कोरोना महामारी नियन्त्रण गर्न बाध्यात्मक रूपमा लगाइएको बन्दाबन्दीले भौतिक सम्पर्कलाई निषेध गर्दा ई–कमर्स, अनलाइन सपिङ, डिजटिल बैङ्किङ र ई–लर्निङलगायत डिजिटल उपचार, व्यवसाय र क्रियाकलाप आमजीवनको अङ्ग बनेको उहाँले बताउनुभयो । यी कुराले नै नेपाललाई डिजिटल युगमा प्रवेश गर्ने आधार दिएको उहाँको भनाइ थियो ।

डिजिटल नेपाल निर्माणका लागि सरकारले निरन्तर काम गरिरहेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । मेरो नेतृत्वको सरकारले पहिलोपटक डिजिटल नेपालको खाका तयार पारी ई–गभर्नेन्सका लागि नीतिगत आधार तयार गरेर कार्यान्वयनमा ल्याइसकेको पनि म स्मरण गराउन चाहन्छु, उहाँले भन्नुभयो । सरकारले तयार गरेको उक्त खाकामा कृषि, स्वास्थ्य, शिक्षा, सहरी पूर्वाधार, ऊर्जा, पर्यटन, वित्त र डिजिटल फाउन्डेसन गरी आठ प्रमुख क्षेत्रको पहिचान र प्राथमिकीकरण गरी कार्यान्वयनको प्रस्ताव गरिएको छ । यसका साथै नेपाललाई आर्थिक–सामाजिक प्रगतितर्फ निर्देशित गर्ने उद्देश्यका साथ ८० वटा डिजिटल पहल पहिचान गरिएको छ । पछिल्लो समय मालपोत, विद्युत् महसुल, आन्तरिक राजस्व, भन्सार महसुल, सवारीचालक अनुमति पत्र र नवीकरणजस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सूचना प्रणालीमा आबद्ध गराउने प्रक्रिया सुरु भइसकेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

सूचना प्रविधिको विस्तारका लागि सबै प्रदेशमा अप्टिकल फाइबर विस्तार, प्रत्येक स्थानीय तहमा इन्टरनेटको पहुँच विस्तारजस्ता सूचना प्रविधिका आधारशीला खडा गर्ने काम पनि भइरहेको उहाँले बताउनुभयो । मन्त्रिपरिषद्को बैठकलाई कागजको प्रयोगरहित बनाएको उदाहरण दिँदै उहाँले त्यतिबेला कतिपय मानिसले यसको महत्व, औचित्य र आवश्यकता बुझ्न नसके पनि आज त्यसको सान्दर्भिकता र महत्व व्यवहारतः नै पुष्टि भएको बताउनुभयो । सरकारले पनि डिजिटल नेपालको अभियानअन्तर्गत सबै आर्थिक र गैरआर्थिक गतिविधिलाई डिजिटल माध्यममा रूपान्तरित गर्ने प्रयास गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । नेपाली अर्थतन्त्रको डिजिटाइजेसनको हालसम्मको यात्रामा निजी क्षेत्रको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो । डिजिटल अर्थतन्त्र निर्माणका लागि गरिने कार्यक्रमलाई सरकारले समेत स्वामित्व लिने र सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । गोरखापत्र दैनिक