१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

बिहान हिँडडुल गर्न रानीपोखरी खुला गर्ने महानगरको तयारी

बिहान हिँडडुल गर्न रानीपोखरी खुला गर्ने महानगरको तयारी
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रानी पोखरीलाई विहान हिँडडुल गर्न खुला गर्ने तयारी गरेको छ ।

रङ्गरोगन गर्ने, मर्मत गर्नु पर्ने ठाउँमा बनाउने त्यसपछि विहान हिँडडुल गर्न खुला गर्ने तयारी गरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जानकारी दिए ।

बुधबार पोखरीको निरीक्षण गर्न अधिकृत परियारसहित प्रशासन विभागका प्रमुख नमराज ढकाल, सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपाल, महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे, नगर प्रहरी उपरीक्षकहरुलगायत राजिपोखरी पुगेका थिए ।

अवलोकनपछि वडा नं २७ कार्यालयमा गएर वडाध्यक्ष योगेश खड्गीसँग भेटेर रानीपोखरी खुला गर्ने विषयमा छलफल गरिएको थियो । त्यस क्रममा वडाध्यक्ष खड्गीले, रानीपोखरीलाई हिँडडुलका लागि उपलब्ध गराएपछि स्थानीयबासीलाई खुला ठाउँ प्राप्त हुने बताए ।

रानी पोखरीको विगत

निर्माण कालमा करीब ५ बर्ष लगाएर यो पोखरी निर्माण गराएको थ्यासफूमा उल्लेख पाइन्छ । ई।सं। १६६७ जनवरी (७८७ पोहेलागा ४) अर्थात् वि.सं. १७२३ पौष कृष्ण ४ (अमान्तमा) का दिन पोखरीको शिलान्यास भएको थियो । प्रताप मल्लले आफ्ना छोरा चक्रबर्तिन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए । पोखरीलाई नेपाल संबत् ८११ ई.सं. १६११० बाट न्हुरपुखुर ९न्हुपुखु) भनिएको मानिन्छ ।

पोखरीको पूर्वमा त्रिचन्द्र कलेज र घण्टाघर, पश्चिममा दरबार हाईस्कूल, उत्तरमा जमल र दक्षिणमा शान्ति वाटिका रहेको छ । मन्दिर, पुलसहित २०,७०८ स्वायर मिटर क्षेत्रफलमा रहेको पोखरी १.६८ मिटर गहिरो छ । बालगोपालेश्वर मन्दिरको उचाई १६.१५ मिटर छ ।

वि. सं. २०७२ सालको भूकम्पले जीर्ण भएपछि पोखरीको पुननिर्माण गरिएको हो । पुननिर्माणको पहिलो चरणमा पोखरी र विचमा रहेको मन्दिर, मन्दिर पुग्ने पुल निर्माण गरिएको थियो । उपभोक्ता समितितर्फ गरिएको काममा, पोखरीको पिँधमा ८ हजार ५७४ दशमलव १३ घनमिटर कालीमाटी राखिएको छ । यसको लागत ८ करोड १५ लाख रुपैयाँ हो । पुननिर्माणको परियोजना ३१ हजार ४७३ बर्गमिटर क्षेत्रफलमा थालिएको थियो । २०७५ चैत ११ गतेबाट थालिएको काम २०७७ साउन ३० गते सकिएको थियो । ठेक्कातर्फ बालगोपालेश्वर मन्दिर र पोखरीको बाहिरी भाग बनाउने गरी करीव २६ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । २०७६ असार २८ गते सम्झौता गरेर थालिएको काम २०७७ असोज ३० गते सकिएको थियो ।