१ पुष २०८२, मंगलवार
,
Latest
नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प (फोटो फिचर) एमालेको मतदान स्थगित, भोली बिहान ८ बजेबाट सुरु हुने काठमाडौँमा बढ्दो वायु प्रदूषणको समस्या र न्यूनीकरणका उपाय आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु कृषि उत्पादन बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्छः मन्त्री परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल शाहको फिल्म ‘मायावी’ कात्तिक १५ गते रिलिज हुने



अ+ अ-

काठमाडौं । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ले रिलिज डेट लिएको छ । तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५ गते रिलिज हुने भएको छ ।

निर्देशक भट्टराईले तिहारको बिदाको अवसर पारेर रिलिज डेट लिइएको जानकारी दिए ।

फिल्मको मुख्य भूमिकामा पल शाह र दीपिका प्रसाईं छन् । लभस्टोरी फिल्ममा आफूलाई प्रमाणित गरिसकेका भट्टराई मायावीलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ मान्छन् ।

पल र दीपिकासँगै फिल्ममा सुशील सिटौला, समिम खान, करिष्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ । समिमले यही फिल्मबाट डेब्यु गर्दै छन् ।

फिल्मका निर्माता राज कटुवाल,चन्द्र पन्त र ध्रुव प्रसाद न्यौपाने हुन् । प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा राजु पराजुली, रमा प्रसाईं र सुमित ओली छन् ।

क्रिएटिभ सिने आट्र्सको प्रस्तुतिमा निर्माण भएको ‘मायावी’मा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत रचना छ ।

निर्देशक भट्टराई स्वयंको लेखन रहेको फिल्मको कथा पोखराको परिवेशमा तयार पारिएको छ ।

यसैगरी सोही दिन लक्ष्मीपूजामा प्रदीप खड्का स्टारर अर्को फिल्म ‘एक्टर’ पनि रिलिज हुँदै छ । नाम चलेका दुई कलाकारको फिल्म एकै मितिमा आउने निश्चित भएपछि दशैंजस्तै तिहारको बक्स अफिस भिडन्त पनि रोचक हुने देखिएको छ ।