५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वल्भ्सको पोस्टमा चेल्सीको आधा दर्जन गोल



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा चेल्सीले वल्भ्सलाई उसकै घरेलु मैदानमा ६–२ गोलले पराजित गरेको हो । चेल्सीको फराकिलो जितमा नोनी मादुएकेले ह्याट्रिक गरे भने निकोलास ज्याक्सन, कोल पाल्मेर र जोआओ फेलिक्सले एक–एक गोल गरे । यता, वल्भ्सका म्थाथ्यु कुन्हा र जोर्गेन स्ट्रान्ड लार्सेनले गरेको गोल सान्त्वना गोल हुन पुग्यो ।

खेलको दोस्रो मिनेटमा नै ज्याक्सनको गोलबाट चेल्सीले खेलमा अग्रता बनाएको थियो । २७ औं मिनेटमा कुन्हाले गोल गर्दै वल्भ्सलाई १–१ को बराबरीमा ल्याए । ४५ औं मिनेटमा पाल्मेरले गोल गर्दै चेल्सीलाई २–१ गोलले अघि बढाए । इन्जुरी समयमा लार्सेनले गोल गरेपछि पहिलो हाफ २–२ गोलको बराबरीमा सकियो ।

दोस्रो हाफमा चेल्सीले चार गोल थप्यो । मादुएकेले ४९, ५८ र ६३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे भने फेलिक्सले ८० औं मिनेटमा गोल गर्दै चेल्सीलाई ६–२ को जित दिलाए । यसअघि पहिलो खेलमा हार बेहोरेको चेल्सीले यो जितसँगै ३ अंक बटुलेको छ । वल्भ्सको भने यो लगातार दोस्रो हार हो ।