२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसद्वारा पहिरो र दुर्घटनाबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले रामेछापको शैलुङ्गमा गएको पहिरो, सिन्धुलीको गोलन्जोरमा भएको जीप दुर्घटना र विभिन्न स्थानमा भएका बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

आज विज्ञप्तिमार्फत कांग्रेसले पहिरोमा परी निधन हुनुभएका प्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो ।

रामेछापको शैलुङ्ग गाउँपालिका–३ लेखर्क पहरीगाउँमा गएरातीको पहिरोमा परी छ जनाको मृत्यु भएको छ भने चार जना हराइरहेका छन् । यस्तै खोटाङको हलेसीबाट काठमाडौँतर्फ आउँदै गरेको प्र नं ३–०१–०२३च ६३६६ को जीप हिजो मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुँडुले नजिकबाट सुनकोशीमा खस्दा तीन यात्रु बेपत्ता भएका छन् ।

यसैगरी बाराबाट भारतको झारखण्ड देवघरमा जल अर्पण गर्न गएका नेपाली तीर्थयात्री सवार बस बिहारको समस्तीपुर जिल्लामा दुर्घटना हुँदा ४३ यात्रु मध्ये ३५ भन्दा बढी यात्रु घाइते भएका छन् ।

आजै महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

कांग्रेसले उक्त सबै घटनाप्रति दुःख व्यक्त गर्दै शैलुङ्गको पहिरो र सुनकोशीमा हराइरहेकाको खोजीकार्य तीव्र पार्न र बस दुर्घटनाका घाइतेको उचित उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ ।