२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमला ह्यारिस अमेरिकी राष्ट्रपतिको औपचारिक उम्मेदवार



कमला ह्यारिस (AP Photo/Mike Stewart)
अ+ अ-

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीका तर्फबाट औपचारिक रुपमा राष्ट्रपतिको उम्मेदवार हुनु भएको छ ।

सिकागोमा चार दिनदेखि जारी पार्टीको सम्मेलनको अन्त्यमा ह्यारिसले सम्बोधन गर्दै आफूले पार्टीको प्रस्तावलाई स्वीकार गरेको घोषणा गर्नु भएको छ ।

सम्बोधनका क्रममा ह्यारिसले अमेरिकाको गृह मामिलाका विविध पक्षमा आफ्नो अडान प्रस्तुत गर्दै विश्व मञ्चमा पनि अमेरिकाले शान्ति र सुरक्षित विश्वका लागि काम गर्ने घोषणा गर्नुभयो ।

ह्यारिसले युक्रेनलाई दिइएको सहायतालाई निरन्तरता दिने, इरानको छद्म युद्धलाई समाप्त गर्ने, उत्तर कोरियाको प्रभावलाई निस्तेज पार्ने तथा गाजामा जारी द्वन्द्व समाप्त गर्ने घोषणा गर्नु भएको थियो ।

रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पका नीतिले अमेरिकालाई अधोगतिमा लैजाने बताउँदै उहाँले आफूलाई मतदान गरेर जिताए अमेरिकी मूल्यमान्यतालाई सुदृढ गराएर अघि बढाउने दृढता व्यक्त गर्नुभयो ।

आफूलाई आफ्नी आमा र बाबुले प्रगतिशील र न्यायका लागि कुनै पनि सम्झौता गर्न हुँदैन, निरन्तर अघि बढ्नु पर्छ भन्ने सिकाएको बताउँदै ह्यारिसले संघर्षपूर्ण आफ्नो जीवनकालमा अमेरिकालाई राम्रोसँग बुझेको र त्यही बमोजिम काम गरेर आफूलाई प्रमाणित गरेको पनि सुनाउनु भयो ।

ह्यारिसको सम्बोधनसँगै पार्टीको सम्मेलन समाप्त भएको छ । यस सम्मेलनमा पूर्वराष्ट्रपति बाराक ओबामा, बिल क्लिन्टन, अन्य विशिष्ट व्यक्तिले सम्बोधन गरेका थिए ।

पार्टीको अधिवेशनले ह्यारिसलाई औपचारिक रुपमा राष्ट्रपतिको उम्मेदवारी घोषणा गरेसँगै अब मुख्यत: दुई प्रतिस्पर्धी चुनावी मैदानमा देखिएका छन् ।

सर्वेक्षणहरुले डोनाल्ड ट्रम्प र ह्यारिसबीच खासै ठूलो मतान्तर नभएको बताउँदै आएका छन् । र कसले चुनाव जित्छ भन्ने अनुमान गर्न कठिन रहेको बताइएको छ ।