२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

अध्यक्षद्वयले आ–आफ्नो प्रस्तावलाई प्रतिष्ठाको विषय बनाउँदा विवाद

अध्यक्षद्वयले आ–आफ्नो प्रस्तावलाई प्रतिष्ठाको विषय बनाउँदा विवाद
अ अ+ अ-

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक संकट गहिरिँदै गएको छ । जारी सचिवालय बैठकमा नै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आउन अस्वीकार गरेसँगै संकट झन् गहिरिएको हो । लिखितसँगै मौखिकरूपमा समेत वाकयुद्धमा उत्रिएका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्बन्धमा चिसोपन आएसँगै पार्टीको विवाद भने तातिएको छ । सचिवालय बैठकमा दुवै अध्यक्षको प्रस्ताव पेस भए पनि अध्यक्ष ओलीले प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन बैठकबाट फिर्ता लिनुपर्ने अडान कायमै राख्नुभएको छ ।

बुधबारको बैठकमा अध्यक्ष ओली सहभागी नभएपछि मंसिर २० का लागि सचिवालय बैठक बोलाइएको छ । तर, शीर्ष तहमा अनौपचारिक छलफल अझै हुन सकेको छैन । अध्यक्षद्वय ओली र प्रचण्डले सचिवालय बैठकमा पेस गरेको प्रस्तावमा वैचारिक र सैद्धान्तिक भन्दा पनि एक–अर्कामा आरोप–प्रत्यारोप र दोषारोपणमा केन्द्रित भएको छ । दुवै अध्यक्षले आ–आफ्नो प्रस्तावलाई प्रतिष्ठाको विषय बनाउँदा विवाद बढेको हो । बहुमत सचिवालय सदस्यले प्रचण्डको प्रतिवेदनलाई समर्थन गरेसँगै अध्यक्ष ओली अल्मतमा पर्नुभएको छ ।

पार्टीको बैठकलाई नै चुनौती दिने गरी अध्यक्ष ओलीले चेतावनी दिए सँगै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ओलीसँग रुष्ट बनेका छन् । बहुमत सचिवालय सदस्यले ओलीले अटेर गरिरहे आगामी बैठकबाट एउटा निर्णय गरेर अगाडि बढनुपर्ने दबाब अध्यक्ष प्रचण्डलाई दिइरहेका छन् ।

सचिवालयका एक सदस्यले भने– ‘पार्टीभित्र देखिएको अन्योलता धेरै दिन राख्नुहुँदैन, सचिवालय बैठकमा पेस भएको दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल गरी एउटा निर्णय गरेर अगाडि बढनुपर्छ । बैठकमा नै बस्दिनँ भन्न पाइन्छ र ?’ सचिवालय बैठकमा अध्यक्ष ओली भने रक्षात्मक अवस्थामा रहेका छन् । यसअघि पार्टीभित्र विवाद देखा पर्दा निर्णायक भूमिकामा देखा पर्दै आउनुभएका उपाध्यक्ष गौतम यसपटक भने प्रचण्ड–नेपाल पक्षमा दृढ भएर उभिनुभएको छ ।

अध्यक्ष ओलीले बहुमतको आधारमा निर्णय गरे पार्टी एकता भंग हुने चेतावनी दिँदै आउनुभएको छ । सचिवालयको बैठकमा पेस गरेको प्रतिवेदनमा पनि प्रचण्डमाथि प्रश्न गर्दै पार्टी विभाजित गर्न खोजेको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले गत कात्तिक २६ गते स्थायी समिति बैठकले गरेको निर्णयलाई आधार बनाएर जारी विवाद समाधान गरेर अगाडि बढ्नुपर्ने बटमलाइन बनाए पनि प्रचण्ड र नेपाल पक्षले यसपटक एक कदम अगाडि बढेर पार्टीले निर्णय लिने रणनीति बनाएका छन् । ।

यसपटक सचिवालय बैठकले अध्यक्षद्वय ओली–प्रचण्डको राजनीतिक प्रतिवेदनका बारेमा छलफल गरेर निष्कर्ष निकाल्न नसके स्थायी समिति बैठकमा लगेर बहुमतको आधारमा निर्णय गराउने तयारी गरेको बताइएको छ । स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नै पर्ने बताउनुभएको छ । उहाँले एक पद छाड्ने बाहेकमा कुनै सम्झौता नहुने बताउनुभएको हो ।

‘ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पद मात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन’, पौडेलले भन्नुभयो– ‘पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न हुँदैन, एकताबद्ध बनाएर लैजानुपर्छ ।’ पार्टीको विधान र पद्धतिअनुसार ओली अघि बढेको खण्डमा विवाद समाधान हुने दाबी गर्दै उहाँले ओलीले पार्टीको निर्णय मानेर पार्टीले सरकार चलाउने कुरा स्वीकार गर्नुपर्ने बताउनुभयो ।

नेकपा विवादले संकटपूर्ण अवस्था सिर्जना गरेको भन्दै पौडेलले अब समस्या समाधा नगर्ने जिम्मा ओलीले लिनुपर्ने माग गर्नुभयो । नेपाल समाचारपत्र दैनिक