९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

बनेपामा ‘कन्या–पूजा’ को तयारी

बनेपामा ‘कन्या–पूजा’ को तयारी
अ अ+ अ-

काभ्रेपलाञ्चोक । प्राचीन, ऐतिहासिकता बोकेको मध्यपहाडको एउटा सहर– बनेपा । यहाँ १ सय २२ वर्षअघि सुरु गरिएको ‘कन्या–पूजा’ (रजस्वला नभएका दश बर्षमुनिका कन्यालाई)लाई निरन्तरता दिइँदै आइएको छ । कन्या–पूजा बनेपा नगरको पूरानो बजारमा बर्षैपिच्छे कृष्ण जन्माष्टमीका दिन गरिन्छ ।

नेपालमा अन्य स्थानमा नगरिने यस पवित्र कार्यमा बनेपालीहरु विसं १९५९ देखि जुट्दै आएका छन् : उही लगाव, उही तामझाम र उही रमझमका साथ । दुई बर्ष कोभिड–१९ को महामारीका कारण कन्या–पूजा प्रभावित बन्यो । २०७९ देखि पुन: निरन्तरता दिइएको पूजामा बनेपामा मात्रै आठ हजारभन्दा बढी कन्या पुजिँदै आएका छन् ।

सनातन कन्या–पूजा प्रबन्ध समितिमार्फत बनेपामा कन्यालाईलाई पूज्दै आइएको हो । यस बर्ष कृष्ण जन्माष्टमीका दिन यही भदौ १० गते कन्या–पूजा गरिने तयारी भइरहेको छ । रजस्वला नभएका तथा वेल–विवाह नगरिएका कन्यालाई पूज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता छ, यहाँ । यस मान्यताका साथ पछिल्ला बर्षदेखि काभ्रेपलाञ्चोकको विभिन्न बजार तथा बस्तीमा रजस्वला नभएका कन्या (विशेषगरी १० बर्ष मुनिका)लाई श्रीकृष्ण जन्माष्टमीको अवसरमा पुज्दै आइएको हो ।

विशेषगरी जिल्लाको मुख्य शहर बनेपामा धुमधामका साथ कन्या–पूजा आयोजना गरिँदै आइन्छ । यो नगरमा यस पूजाको इतिहास १२२ बर्ष पूरानो हो । विना टिकट स्वत:स्फुर्त गरिने कन्या–पूजा कृष्ण जन्माष्टमीको दिनमा काभ्रेपलाञ्चोक तथा छिमेकका जिल्लाबाट बर्षेनी करिब आठदेखि दश हजार कन्या सहभागी हुन्छन् । बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पूरानो बजारहुँदै चारदोबाटोसम्म सडकको दायाँबाँया पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । १० बर्षमुनिका कन्यालाई पूज्दा उनीहरुको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाईसमेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ । यसकारण पनि कन्यालाई पूज्नेको ठूलो भीड हुने गर्दछ ।

त्यस दिन कन्यालाई पूज्न काठमाडौ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गरेको समितिका सदस्य प्रकाश कायष्थले जानकारी दिनुभयो । उहाँका अनुसार कन्या–पूजामा समितिमार्फत १३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाई वितरण गर्दछन् । पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टिका लगाईदिने प्रचलन पनि छ ।

पूजामा काभ्रेपलाञ्चोकको मात्र नभई छिमेकी सन्धुपाल्चोक, सिन्धुली, भक्तपुर तथा काठमाडौका रजस्वला नभएका कन्याको पनि सहभागिता रहने गर्दछ । यस अवसरमा बनेपालीका घरमा आफन्तजनको आउने–जाने प्रक्रिया चलिरहन्छ । बनेपालीले विसं १९५९ देखि रजस्वला नभएका कन्याको पूजा गर्दै आएका हुन् । रजस्वला नभएका कन्याको पूजा गर्नाले उनीहरूमा सु:ख, शान्ति, समृद्धि छाउने जनविश्वास रहेको स्थानीय लम्बोदर कायष्थले बताउनुभयो ।

अर्को किंवदन्तीअनुसार रजस्वला नभएका र वेल–विवाह नगरिएका कन्याहरूको लाममा देव–कन्या, नाग–कन्या, गन्धर्व–कन्या, किन्नर–कन्या र किच–कन्यासमेत मानव–कन्याका भेषमा आउने भएकोले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थक हुने तथा बनेपा सात गाउँलाई राक्षशबाट मुक्त गराउन सफल चण्डेश्वरी देवीको रूपमा ‘कन्या’नै भएकाले कन्यालाई पुज्दै आइएको हो । कन्याहरूको स्वागत एवं सम्मानमा लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजासमेत बजाउँछन् ।

बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तती मानिने भएकाले कुनै जाति या वर्गको आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा गरिन्छ । बनेपा नपा–३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या–पूजा सुरु हुने गर्दछ । ईतिहासविद् स्व।ज्ञानकाजी मानन्धरको बनेपाको ऐतिहासिक लेखअनुसार कुनै समय बनेपाका एक नेवार समूदायका व्यक्तिले धेरै दु:ख भएपछि घरको बुइगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए । सोहीलाई सुरुका बर्षमा प्रचलनस्वरुप नेवार समुदायका रजस्वला नभएका कन्या मात्रै पूजिदै आइएपनि केही समयपछि सबै जातजातिका कन्यालाईसमेत पूजामा सामेल गराइएको हो ।

बनेपामा हुने कन्या–पूजामा प्रति कन्या रु चार सय बराबरका सामाग्री उपलब्ध गराइन्छ । गत बर्ष पनि आठ हजार कन्याका लागि करिव रु ३ करोड खर्च भएको समितिका सचिव सुरकृष्ण वैद्यले बताउनुभयो । उहाँका अनुसार दाताको सहयोगबाहेक अन्य खर्च समितिका पदाधिकारीले नै ब्यहोर्दै आएका छन् । बनेपामा बर्षमा दुईपटक कन्या–पूजाको आयोजना गरिन्छ । नेवा: कन्या–पूजाको नाममा टिकट दिएर गरिने कन्या–पूजा बनेपा नगरपालिका–८ दक्षुटोलमा आयोजना गरिन्छ । कृष्ण जन्माष्टमीको दुई दिनअघि गरिने उक्त पूजामा भने बर्षेनी करिब करिव दुई हजार कन्या सहभागी हुने गर्दछन् । घाम र हावाको सन्तुलन मिलाउन ठाउँठाउँमा (चोक), पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनारहरू, सांस्कृतिक कार्यक्रम गर्न तथा नाटक देखाउन डबली निर्माण गरिएको प्राचीन सहर हो, बनेपा । यस सहरमा नौ वटा ढुङ्गेधारा, नौ वटा चोक, नौ वटा डबली र ९९ इनार छन् । रासस