४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुङ्गा नजिकै पहिरो खसेपछि मुग्लिङ–काठमाडौँ सडक अवरुद्ध



फाइल फाेटाे
अ+ अ-

काठमाडौँ । नागढुङ्गा नजिकै पहिरो खसेपछि मुग्लिङ–काठमाडौँ सडक अवरुद्ध भएको छ ।

आज बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने कार्य भइरहेको र ठुलो पहिरो खसेकोले पहिरो पन्छाएर सडक सुचारु गर्न अझै केहि समय लाग्ने प्रहरीले बताएको छ ।

राजमार्ग बन्द भएपछि यात्रुहरु मर्कामा परेका छन् । वैकल्पिक मार्गको रुपमा खानीखोला–नागढुङ्गा र सीतापाइला–धार्के सडक प्रयोग गर्न भनिएको छ ।