४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी उपविदेशमन्त्री रिचार्ड आज नेपाल आउँदै



अ+ अ-

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड आर. वर्मा आज नेपाल आउँदैछन् ।

भारतीय विदेश मन्त्रालयका विदेश सचिव विक्रम मिस्री फर्केको चार दिनपछि अमेरिकी उपविदेशमन्त्री रिचार्ड आउन लागेका हुन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि यो अमेरिकाबाट हुन लागेको सबैभन्दा उच्च स्तरीय भ्रमण हो । उनले नेपालमा आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत विभिन्न उच्च स्तरीय अधिकारीलाई भेट्ने कार्यक्रम छ ।

अमेरिकास्थित विदेश मन्त्रालयका अनुसार नेपालमा उप विदेशमन्त्री वर्मासहितको प्रतिनिधि मण्डलले वरिष्ठ सरकारी अधिकारी, विकास परियोजनाका प्रतिनिधि तथा व्यापार व्यवसायीका प्रतिनिधिहरुलाई भेट्ने कार्यक्रम रहेको छ । आर्थिक विकास, महिला सशक्तीकरण, ऊर्जालगायतका क्षेत्रमा भएको समझदारीलगायतको विषयमा उनले छलफल गर्ने बताइएको छ ।

अमेरिकी बाइडेन सरकारका शक्तिशाली मन्त्रीमध्येका एक हुन् वर्मा । अमेरिकी विदेशमन्त्री एंथनी ब्लिकंनले वर्मालाई अगस्त ६ मा युक्रेनको आर्थिक अवस्था सुधारका लागि विशेष प्रतिनिधि नियुक्त गरेका थिए ।

उप विदेशमन्त्री वर्मालाई नेपालको जानकार मानिन्छ ।

नेपालको भ्रमण सकाएर उनी भोलि नै भारतका लागि प्रस्थान गर्ने बताइएको छ । उनी भारतमा अगस्त २२ गतेसम्म रहने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

भारत भ्रमणमा उनका साथमा अमेरिकी राष्ट्रपतिका अन्तर्राष्ट्रिय जलवायु नीतिका वरिष्ठ सल्लाहकार जोन पोडस्टा र अमेरिकी ऊर्जा विभागका उपसचिव डेभिड टर्कले पनि भारत भ्रमणमा रहने बताइएको छ ।

अमेरिकी आर्मीमा समेत काम गरिसकेका उनी भारतका लागि पूर्व अमेरिकी राजदूत पनि हुन् ।