४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानको आपत्तिः रमेश खरेलले कसैको उक्साहटमा परेर चरित्रहत्या गरे



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल प्रहरीका पूर्वप्रहरीडीईजी रमेश खरेलले एन्टीकरप्सन नेटवर्कका तर्फबाट सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरेको समाचारलाई लिएर आपत्ति जनाएका छन् ।

खरेलले आफूविरुद्ध एक टेलिभिजनमार्फत भ्रामक सूचना सम्प्रेषण गराइरहेको भन्दै आफ्नो चरित्रहत्या गरेको कुलमानको आरोप छ । खरेलले लगाएको लाञ्छना कसैको उक्साहटमा भएको उनले दाबी समेत गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै घिसिङले भनेका छन्, ‘सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिका काम कारबाही सार्वजनिक चासोका विषय हुन्छ र त्यस्ता व्यक्तिहरुलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन उनीहरु जहिले पनि निगरानीमा हुन्छन् । आमजनताले सम्बन्धित निकायमा उजुरी गर्न पाउने हक सम्बन्धमा म अनभिज्ञ छैन । उजुरी दर्ता गर्नासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुले निज खरेलबाट उक्त उजुरी सार्वजनिक खपत र आफू चर्चामा आउनलाई मात्र गरेको मेरो ठम्याइ छ । निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रुपमा खरेलबाट निहित स्वार्थका साथ यस्ता कामहरु भइरहेका थिए र छन् ।’

साथै, खरेलले लगाएको आरोपको भ्रममा नपर्न पनि उनले अपिल गरेका छन् ।

NEA-Md-Press-Release-2081-04-30