२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलमा आवासीय भवनको कम्पाउन्डमै विमान दुर्घटना, ६१ जनाको मृत्यु



तस्बिस : बीबीसी
अ+ अ-

काठमाडौं । ब्राजिलको साओ पाउलोमा भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ । विमान रहेका ५७ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

ब्राजिलको दक्षिणी राज्य परानाको कास्काभेलबाट साओ पाउलो सहरका लागि उडेको भोएपास एयरलाइन्सको ट्विन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको हो ।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार दुर्घटनामा कुनै यात्रुलाई जीवित उद्धार गर्न सकिएन । आवासीय भवनको कम्पाउन्डमा जहाज खसेको तर थप मानवीय क्षति नभएको बताइएको छ ।

सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त विमान दुर्घटनाको भिडियोअनुसार जहाज एक चक्कर लगाएर धुँवाको मुस्लो उडाउँदै दुर्घटना भएको छ ।

ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले यस दु:खद घटनाप्रति दु:ख व्यक्त गर्दै पीडितका परिवारप्रति समवेदना प्रकट गरेका छन् । विमान दुर्घटना के कारणले भएको हो खुलेको छैन ।