२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय शतर्कता केन्द्रलाई दिनुपर्छ: महामन्त्री थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय शतर्कता केन्द्रलाई दिनुपर्ने प्रश्ताव गर्नुभएको छ ।

बिहीवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्ताव अघि सार्नुभएको हो । उहाँले अनुचित कार्य कसले हेर्ने भन्नेबारेमा अनुचित कार्य हेर्नका निम्ति छुट्टै एउटा कानूनी प्रवन्ध गर्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय शतर्कता केन्द्रलाई थप सशक्त बनाएर सशक्त बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै राखेर अनुचित कार्य हेर्ने जिम्मा दिन सकिने बताउनु भयो ।

उहाँले नेपालमा ठूला ठूला भ्रष्टाचारका काण्डहरु मिलेमतोमा मात्रै भएको भन्दै मिलेमतो गर्नेकुरामा आवरण नीतिगत भ्रष्टाचालाई बनाइएको बताउनु भयो । उहाँले कुन विषय नीतिगत हो, कुन विषय नीतिगत होइन छुट्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले भ्रष्टाचार जताततै रहेको भन्दै नियमनकारी निकायले सबैतिरको भ्रष्टाचार रोक्छ भन्ने सोच्न नहुने बताउनु भयो । उहाँले नियमनकारी निकायहरु मिलिजुली भागबण्डामा बनाएकाले पनि भ्रष्टाचार रोक्न नसकिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भ्रष्टाचार जताततै छ । निजी क्षेत्रमा पनि छ, प्रतिष्ठानमा पनि छ । तर हामीले अहिले भइरहेको निकायलाई सबैकुरा जिम्मा दियौँ, त्यसकारणले गर्दा त्यो नियमनकारी निकायले सबैतिरको भ्रष्टाचार रोक्छ, भन्ने ठानेर, राजपत्रमा सूचना प्रकाशित गरेर निजी क्षेत्रका प्रतिष्ठानहरुमा, कलेजहरुमा जताततै हामीले प्रवेश गर्नुपर्छ भन्ने सोच राखेर हामी जाँदै गर्दा यो राजश्व अनुसन्धान विभाग जस्तै होला फेरि यो । सम्पती शुद्धिकरण विभाग जस्तै होला फेरि यो । प्रत्येक क्षेत्रको नियमनकारी निकाय बनाएका छौँ, त्यो नियमनकारी निकायलाई हेर्नका निम्ति हेर्न त्यो भन्दा माथि अर्को संवैधानिक आयोग छ । तर नि नियमनकारी निकायहरु मिलिजुली बनाएका हुन्छौँ, भागबण्डा गेरर बनाएका हुन्छौँ, सही मान्छे लिएर गएका हुँदैनौँ ।’

‘त्यसले जे गर्नुपर्ने हो त्यो ड्युटि पनि पूरा गर्न सकिरहेको हुँदैन । अनुचित कार्य हुँदैन भनेको होइन, रोक्नुपर्छ भनेको पनि होइन, अनुचित कार्यको बारेमा कसले हेर्ने त, त्यसकारणले गर्दा अनुचित कार्य हेर्नका निम्ति कि छुट्टै एउटा कानूनी प्रवन्ध गर्नुपर्छ । त्यसमा पनि परिभाषित गर्नुपर्छ । राष्ट्रिय शतर्कता केन्द्रलाई बलियो बनाएर, थप सशक्त बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै राखेपनि हुन्छ । अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय शतर्कता केन्द्रलाई दिँदा हुन्छ । नेपालमा ठूला ठूला भ्रष्टाचारका काण्डहरु मिलेमतो भएर मात्रै भएको छ । जसरी सरकार मिलिजुली बनेको छ, ठूला भ्रष्टाचारका काण्डहरु पनि मिलेमतोमा भएको छ । मिलेमतो गर्नेकुरामा आवरण नीतिगत भ्रष्टाचालाई बनाइएको छ । हाम्रो सन्दर्भमा कुन विषय नीतिगत हो, कुन विषय नीतिगत होइन छुट्याउनु पर्छ ।’

महामन्त्री थापाले सरकार मिलिजुली बनेको झैँ भ्रष्टाचारका काण्डहरु मिलेमतो भएर मात्रै सम्भव हुने जिकिर गर्नुभयो ।




भर्खरै