६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इसेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजना अन्तरगत प्युठानका मनोजले पाए टिभिएसको मोटरसाइकल



अ+ अ-

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सार्वजनिजक गरेको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजनाका बिजेता घोषणा गरिएको छ । उपहार योजना अन्र्तगत बम्पर उपहारमा प्युठान रानीकमला धर्मावती-२ का मनोज केसीले टिभिएस अपाची आरटिआर मोटरसाइकल जितेको इसेवाले जनाएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि गोलाप्रथाबाट बिजेता सार्वजनिक गरिएको हो । 

बुधबार नै अन्य १३ जनाले पनि दराज, मिसिओ, मिनिसो, एसिडिसीका तर्फबाट विभिन्न आकर्षक पुरस्कार जित्न सफल भएका छन् । मंसिर ५ गतेसम्म सञ्चालित यस योजनामा साप्ताहिक रुपमा सयौँ जनाले आकर्षक पुरस्कार जित्न सफल भएका छन् । सम्पूर्ण विजेताहरुको विवरण ब्लग डट इसेवा डटकम डट एनपी र इसेवाको फेसबुक पेजमा सार्वजनिक गरिएको छ । 
यस उपहार योजनामा इसेवाले मिसिओ, मिनिसो, केकेफसी, टिएफटी, दराज, बेननेभिज, एसिडिसी,भोज, भिजन तथा ग्यापु जस्ता चर्चित ब्राण्डसँग सहकार्य गरेको थियो । 

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।