१३ श्रावण २०८३, बुधबार
,
Latest
सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक मन्त्रिपरिषद् बैठक सुरु प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता सुनसरी घटना : मृतक परिवारलाई २ लाख, घाइते र आगजनीपीडितलाई ५० हजार राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकगायक राजु परियारलाई भेट्दा प्रधानमन्त्री ओलीले सम्झिए झलकमान गन्धर्ब, फेरि भेट्ने बाचा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकगायक राजु परियारको प्रसंसा गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले राजु परियारका लोकगीतहरु सुन्नेसमेत गरेको बताउनुभएको छ । ओली र परियारबीच हिजो भेटघाट भएको थियो । त्यसबारे सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै प्रधानमन्त्री ओलीले राजु परियारका लोकगीत सुन्दा आफूलाई झलकमान गन्धर्बको सम्झना आउने गरेको बताउनुभएको छ ।

उहाँले राजुसँग फेरि भेट्ने बाचासमेत गर्नुभएको छ ।

राजुसँगको भेटबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा के लेख्नुभएको छ त ?

राजु परियारका लोकगीत सुन्दा मलाई कहिलेकाहीँ झलकमान गन्धर्बको सम्झना आउँछ। पछिल्लो पटक उहाँले झलकमान गन्धर्बको गीत गाउनु भएको पनि युटुबमा हेरेको थिएँ। मन पर्ने लोक गायक राजु परियारसँग आज छोटो कुरा भयो। छुट्टिने बेला मैले भनें – हामी फेरि भेट्ने छौं।