२४ भाद्र २०८३, बुधबार
,
Latest
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात पदाधिकारी नियुक्त खोलाले बगाएका किशोर मृत फेला रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैभन्दा धेरै नाफा कमाउने दोस्रो ठूलो बैंक बन्यो ग्लोबल आइएमई



अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै नाफा कमाउने दोस्रो ठूलो बैंक बनेको छ। आर्थिक वर्ष २०८०/८१ मा बैंकले ६ अर्ब एक करोड रूपैयाँ नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा भने यो ११ प्रतिशतले घटेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ६९ करोड नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी घटेको र प्रावधानमा राखिने रकम बढेकोले नाफामा प्रभाव परेको हो। बैंकको खुद ब्याज आम्दानी करिब २.७४ प्रतिशतले घटेर १६ अर्ब ६३ करोड रूपैयाँ पुगेको छ।

यस्तै, यसअघि ३ अर्ब ४२ करोड रूपैयाँ प्रावधानमा राखेकोमा यसपटक ३ अर्ब ७४ करोड राखेको छ।