२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैभन्दा धेरै नाफा कमाउने दोस्रो ठूलो बैंक बन्यो ग्लोबल आइएमई



अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै नाफा कमाउने दोस्रो ठूलो बैंक बनेको छ। आर्थिक वर्ष २०८०/८१ मा बैंकले ६ अर्ब एक करोड रूपैयाँ नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा भने यो ११ प्रतिशतले घटेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ६९ करोड नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी घटेको र प्रावधानमा राखिने रकम बढेकोले नाफामा प्रभाव परेको हो। बैंकको खुद ब्याज आम्दानी करिब २.७४ प्रतिशतले घटेर १६ अर्ब ६३ करोड रूपैयाँ पुगेको छ।

यस्तै, यसअघि ३ अर्ब ४२ करोड रूपैयाँ प्रावधानमा राखेकोमा यसपटक ३ अर्ब ७४ करोड राखेको छ।