२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्य भारतमा धार्मिक कार्यक्रममा पर्खाल भत्किँदा नौ बालबालिकाको मृत्यु



अ+ अ-

नयाँदिल्ली । भारतको मध्य प्रदेश राज्यमा एक धार्मिक कार्यक्रमका क्रममा पर्खाल भत्किँदा कम्तीमा नौ बालबालिकाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् ।

मध्य प्रदेशको राजधानी भोपालबाट करिब २०५ किलोमिटर उत्तरपूर्वमा पर्ने सागर जिल्लाको शाहपुर गाउँमा पर्खाल भत्किएको हो ।

“आइतबार शाहपुरको हरदौल बाबा मन्दिर नजिकै भएको दु:खद घटनामा १० देखि १५ वर्ष उमेर समूहका नौ बालबालिकाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । मन्दिरको छेउमा रहेको घरको भित्ता ढल्दा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि मानिसहरू मन्दिरमा जम्मा भएका थिए,” एक प्रहरी अधिकारीले भने ।

पचास वर्ष पुरानो र जीर्ण घर बर्खायाममा भारी वर्षाका कारण भत्किएको उहाँले बताउनुभयो ।

घटना लगत्तै उद्धार र भग्नावशेषमुनिबाट मृतकलाई निकाल्न प्रकोप प्रतिकार्य बलका जवानहरू र प्रहरी टोलीहरू घटनास्थलमा पठाइएको अधिकारीहरूले जनाएका छन् ।

घाइते बालबालिकालाई उपचारका लागि अस्पताल लगिएको छ ।

त्यसैगरी, शनिबार भएको राज्यको रीवा जिल्लामा एक अर्को घरको पर्खाल भत्किँदा चार बालबालिकाको मृत्यु भएको छ । पाँचदेखि सात वर्ष उमेर समूहका ती बालबालिका विद्यालयबाट फर्कंदै गर्दा पर्खाल भत्किएको थियो ।