२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश र जनताका पक्षमा प्रतिबद्ध छु : पूर्वमन्त्री आले



अ+ अ-

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले देश र जनताका पक्षमा समर्पित भएर निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बुडर शाक्य एकेडेमीले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता आलेले आफूलाई जनताले विश्वास गरेकाले स्थानीय, प्रदेश र सङ्घीय सरकारसमक्ष जनताका माग र अधिकारका पक्षमा वकालत गर्ने बताउनुभयो ।

डेटीको बुडरमा निर्माण भइरहेको बुडर शाक्य एकेडेमी विद्यालय निर्माणका लागि आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले पालशाक्य गुम्बाका लागि बजेट विनियोजन गराएको र अब बुडर शाक्य एकेडेमी विद्यालयका लागि पनि सहयोग गर्ने बताउनुभयो ।

पूर्वमन्त्री आलेले आफू बुडर क्षेत्रकै बासिन्दा भएकाले पनि त्यहाँ निर्माण हुने विद्यालयको भवनसहित अन्य विकासका लागि सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले उक्त विद्यालय आफू पहिलोपटक गाउँपालिका अध्यक्ष भएका बेला २०६८ सालमा बजेट विनियोजन गरी सञ्चालन गरेको र आगामी दिनमा पनि चाहिने बजेट विनियोजन गराउने प्रतिबद्धता जनाउनुभयो ।

विद्यालय संस्थापक रिम्पोछेनवाङ लोदेले जोरायल गाउँपालिका तथा पूर्वमन्त्री एवं सांसद प्रेमबहादुरको सहयोगमा बुडरमा विद्यालय सञ्चालन गर्न सकिएको र अबका दिनमा सञ्चालनका लागि पनि सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

बुडरका बालबालिकाका लागि पूर्ण छात्रवृत्तिमा विद्यार्थीका लागि निःशुल्क विद्यालय सञ्चालन गर्ने उद्देश्यले बुडर शाक्य एकेडेमीले आज काठमाडौँमा हिमालयन सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।रासस