७ पुष २०८२, सोमबार
,
Latest
नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय उडान गरेको कीर्तिमान भावना पन्तको नाममा



अ+ अ-

काठमाडौं । नेपाल एयरलाइन्सको इतिहासमै महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेको कीर्तिमान भावना पन्तको नाममा बनेको छ ।
भावनाले अहिलेसम्म दुबई, कतार, मलेसिया, हङकङ, थाइल्याण्ड, दिल्ली, मुम्बई र बैंगलोरको सफल उडान गरिसकेकी छन् । उनले आँट र हिम्मत बोकेर अन्तर्राष्ट्रिय उडान भर्दै आएकी छन् ।

कामको सिलसिलामा सौर्य एयरलाइन्समा रहँदा पहिलो महिला जेट विमान चालकको इतिहास पनि उनले कार्न सफल भएकी छन् । ६ वर्ष नेकोन एयर, ९ वर्ष बुद्ध एयर, दुई वर्ष सौर्य एयरलाइन्समा काम गरेकी भावना अहिले नेपाल एयरलाइन्समा छिन् । उनले अहिलेसम्म २६ वर्ष आकाशमा उडान भरिसकेकी छन् ।

भावनालाई सबैभन्दा सुरक्षित यात्रा पनि बिमानकै लाग्छ । नेपालमा बेला–बेलामा हुने विमान दुर्घटनाका खबरबारे उनि भन्छिन्, ‘सामान्य मानिसहरु जस्तै पाइलटलाई पनि आफ्नो जीवन अति नै प्यारो हुन्छ । हामी सबैले बुझ्नु पर्ने कुरा के हो भने कोही पनि पाइलटले विमान दुर्घटना होस् भन्ने सपनामा पनि चिताउँदैन । विमान दुर्घटनामा परेपछि कुनै एउटै पक्षलाई मात्र दोष दिनु हुँदैन भन्ने लाग्छ ।’

‘विविध बाधा अड्चन र चुनौती पन्छाउँदै ककपिटसँग अटुट सम्बन्ध गाँसेकी छन् भावनाले । उनले धर्ती छोडेर निलो आकाशमा त्यो पनि सयौं यात्रुलाई गन्तव्यमा पुर्‍याउने जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

१७ बर्षको उमेरमा सन् १९९१ मा रुसमा पाइलटको अध्ययन पुरा गरेर नेपाल फर्किएपछि हवाई सेवामा प्रवेश गरेकी ४५ वर्षीय पन्त विगत २६ वर्षदेखि नेपालको हवाई क्षेत्रमा आवद्ध छिन् । उनी नेपालकै तेस्रो महिला पाइटलसमेत हुन् । क्याप्टेन पन्त तत्कालीन राज परिवारका निजी क्याप्टेन बलराम पन्तकी माहिली छोरी हुन् ।

पन्त एक छोरा तथा एक छोरीकी आमासमेत हुन् ।