२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थ सचिव डा. घिमिरेद्वारा राष्ट्रबैंक सदस्यको शपथ



अ+ अ-

काठमाडौं: अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ समक्ष नेपाल राष्ट्रबैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिनुभएको छ ।

सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले उहाँलाई पद तथा गोपनीयताको शथप गराउनुभएको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाशीश प्रकाशमान सिंह राउत, न्यायाधीश प्रकाशकुमार ढुङ्गाना मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिष्ट्रार विमल पौडेल, सह–रजिष्ट्रारहरू मानबहादुर कार्की, अर्जुनप्रसाद कोइराला र अच्युत कुइँकेल, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रबैंकले जनाएको छ ।