२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली संगीत क्षेत्रका अग्रणी गुरुदेव कामतको निधन



अ+ अ-

काठमाडौं । नेपाली संगीत क्षेत्रका अग्रणी गुरुदेव कामतको निधन भएको छ । दुवै मिर्गौला फेल भएका कामतको जन्मस्थल सिरहाको पोखरभिन्डामा निधन भएको हो ।

गुरुदेव कामत नेपाली संगीत क्षेत्रमा एउटा सम्मानित नाम हो । उनी नेपाली संगीतको क्षेत्रमा गायक, संगीतकार तथा संगीत गुरुका रूपमा परिचित छन् । शास्त्रीय संगीत साधकका रूपमा लामो समय साधना गरेका गायक कामत केही समययता अस्वस्थ थिए ।

शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो । उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि उनी सपरिवार आफ्नो जन्मथलो सिरहा फर्किएका थिए ।

शास्त्रीय गायक कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात छन् ।