१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली संगीत क्षेत्रका अग्रणी गुरुदेव कामतको निधन



अ+ अ-

काठमाडौं । नेपाली संगीत क्षेत्रका अग्रणी गुरुदेव कामतको निधन भएको छ । दुवै मिर्गौला फेल भएका कामतको जन्मस्थल सिरहाको पोखरभिन्डामा निधन भएको हो ।

गुरुदेव कामत नेपाली संगीत क्षेत्रमा एउटा सम्मानित नाम हो । उनी नेपाली संगीतको क्षेत्रमा गायक, संगीतकार तथा संगीत गुरुका रूपमा परिचित छन् । शास्त्रीय संगीत साधकका रूपमा लामो समय साधना गरेका गायक कामत केही समययता अस्वस्थ थिए ।

शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो । उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि उनी सपरिवार आफ्नो जन्मथलो सिरहा फर्किएका थिए ।

शास्त्रीय गायक कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात छन् ।