७ श्रावण २०८३, बिहीबार
,
Latest
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन लागुऔषधसहित चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली भन्छन्– अब पार्टीका कार्यक्रम बालुवाटारमा हुँदैनन्



अ+ अ-

काठमाडौं । पार्टी कार्यालय डुवानमा परेपछि नेकपा एमालेको सचिवालय बैठक होटलमा बस्ने भएको छ ।

एमालेले काठमाडौंको सिंहदरबारनजिकै हनुमानस्थानमा रहेको होटल बसेरामा बैठक बस्न लागेको जनाएको हो । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्ने छ ।

गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयानुसार कार्यविभाजन सम्बन्धी मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको हो ।

मंगलवार रातिको अविरल वर्षापछि मनोहरा खोलामा आएको बाढीले च्यासलस्थित एमाले मुख्यालय डुबानमा परेको थियो ।

बढी पसेपछि अहिले पार्टी कार्यालय सरसफाइ र मर्मतको काम भइरहेको छ ।

यसैबीच एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका बैठक सकेसम्म सरकारी निवास बालुवाटारमा नबस्ने जानकारी दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत् आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी दिनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभएको छ–

शुभ बिहानी!
सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु ।

आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।

धन्यवाद !




भर्खरै