२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले आज सचिवहरुलाई निर्देशन दिने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै हुनुहुन्छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, उच्चपदस्थ पदाधिकारीको उपस्थिति रहनेछ ।

प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा यही साउन १३ गते ब्रिफिङ लिनुुभएको थियो ।

सचिवहरुले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिनुभएको थियो । ओलीले प्रधानमन्त्री भएपछि पहिलो पटक यस प्रकारको बैठक भएको हो ।