२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाघ संरक्षणलाई आर्थिक समृद्धिको अभिन्न अंगको रुपमा लिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षणलाई केवल प्रकृति संरक्षणको रूपमा मात्र नलिई समग्र आर्थिक समृद्धिको अभिन्न अङ्गको रूपमा लिनुपर्ने बताउनुभएको छ ।

विश्व बाघ दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले जनचेतनामूलक अभियान सञ्चालन गरी सहअस्तित्वको संस्कृतिलाई पनि बढावा दिनुपर्ने बताउनुभएको हो ।

उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘बाघ संरक्षणमा नेपाल अग्रपङ्तिमा छ । नेपालको बाघ संरक्षण कार्यलाई अन्तर्राष्ट्रिय समुदायले समेत उच्च मूल्याङ्कन गरेको छ। नेपालले बाघको सङ्ख्यालाई दोब्बर बनाउन गरेको प्रयासलाई सबैले प्रशंसा गरेका छन् । यस सफल कार्यमा खट्ने कर्मचारी, स्थानीय समुदाय, सुरक्षा निकाय र अन्तर्राष्ट्रिय समुदाय सबैलाई म एकमुष्ठ धन्यवाद दिन चाहन्छु ।’

पूर्वराष्ट्रपति भण्डारीले बाघको संख्या बढेसँगै केही चुनौती पनि अवश्य थपिएको भए पनि त्यसको व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ । उहाँले बाघ संरक्षण गर्दा आउदा दिनमा गुणस्तरयुक्त बासस्थान व्यवस्थापन, आहारा प्रजातिको बन्दोबस्ती, बाघ संरक्षणमा स्थानीय समुदायको अर्थपूर्ण संलग्नता र उनीहरूको जीविकोपार्जनका अवसरहरूको खोजी, चोरी शिकारविरुद्ध प्रभावकारी कानुन कार्यान्वयन र बाघ तथा मानव बिच हुन सक्ने द्वन्द्वको व्यवस्थापन हाम्रो कार्यदिशा हुनुपर्नेसमेत स्पष्ट पार्नुभएको छ । उहाँले अगाडि भन्नुभएको छ– ‘बाघ संरक्षण गर्दा जलवायु परिवर्तनका असर र प्रभावको बारेमा अध्ययन अनुसन्धान गर्ने र प्रविधिको विकास र विस्तार मार्फत कार्यक्षेत्रमा काम गर्ने कर्मचारीको क्षमता विकास गर्न अब ढिलो गर्नु हुँदैन । बाघ संरक्षणलाई एउटा निरन्तर प्रक्रियाको रूपमा लिनका लागि जनचेतनामूलक अभियानहरू सञ्चालन गरी सहअस्तित्वको संस्कृतिलाई बढावा दिनुपर्ने हुन्छ ।’

उहाँले संरक्षणलाई एउटा सुनौलो अवसरको रूपमा रुपान्तरण गर्नका लागि निजी क्षेत्र र स्थानीय समुदायको सहकार्यमा बाघ र प्रकृतिमा आधारित पर्यटनलाई विशेष प्रथामिकता दिनुपर्ने बताउनुभएको छ । बाघ संरक्षणलाई केवल प्रकृति संरक्षणको रूपमा मात्र नलिई समग्र आर्थिक समृद्धिको अभिन्न अङ्गको रूपमा लिनुसमेत उहाँले आह्वान गर्नुभएको छ ।