९ श्रावण २०८३, शनिबार
,
Latest
अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द



अ+ अ-

मङ्गलबारे । इलामको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द रहेको छ । खराब मौसमका कारण यहाँ हवाईउडान बन्द भएको हो ।

यसअघि गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेको थियो । जेठ १७ गते काठमाडौँबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुन: काठमाडौँ नै फर्केको थियो । त्यसयता उडान हुन नसकेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले जानकारी दिनुभयो । मौसममा सुधार नआउन्जेलसम्म हवाई उडान नहुने उहाँको भनाइ छ ।

नेपाल एयरलाइन्सले २०७९ माघ १ गतेदेखि इलाम–काठमाडाँै उडान भर्दैआएको थियो । नेपाल एयरलाइन्सले सातामा आइतबार र बिहीबार गरी दुई दिन उडान भर्दै आएको थियो । नेपाल एयरलाइन्सको विमानले उडान सुरु गर्नु अघि सीता एयरलाइन्सको विमानले उडान भर्दै आएको इन्चार्ज सुन्दासले बताउनुभयो । सुकिलुम्बा विमानस्थल इलाम नगरपालिका–९ मा पर्छ । मौसम खुलेपछि नियमित उडान हुने उहाँले बताउनुभयो ।

हवाई उडान बन्द भएपछि यहाँका यात्रुलाई समस्या भएको छ । हाल उनीहरु झापाको भद्रपुर विमानस्थलबाट हवाई यात्रा गर्दै आएका छन् । रासस