२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको सचिवालयमा आधा हातले कम्प्युटर चलाउन सक्ने फरक क्षमताका गणेशको नियुक्ति !



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आधा हातले कम्प्युटर चलाउन सक्ने फरक क्षमता भएका गणेश राईलाई नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले राईलाई बोलाएरै सचिवालयमा नियुक्ति दिएका हुन् ।

पहिलोपटक प्रधानमन्त्री हुँदै ओलीले राईको क्षमता देखेपछि सचिवालयमा राख्न निर्देशन दिएका थिए । तर उनी प्रधानमन्त्रीबाट बाहिरिएपछि गणेशलाई पनि हटाइएको थियो । दोस्रोपटक प्रधानमन्त्री हुँदा पनि ओलीले पुन: गणेशलाई नै अवसर दिएका थिए ।

अहिले ओली पुन: प्रधानमन्त्री बनेपछि गणेशलाई खोजेरै आफ्नो सचिवालयमा अवसर दिएका हुन् । खोटाङका राईलाई लिएर एमालेका नेता विशाल भट्टराई प्रधानमन्त्रीको कार्यालयमा पुगेका थिए । त्यसपछि गणेशको जागिर पनि प्रधानमन्त्रीको सचिवालयमा सुनिश्चित भएको हो ।

खोटाङ काहुलेका गणेश राई जन्मजात अपांगता भएका व्यक्ति हुन् । उनको दुवै हातको कुहिनाभन्दा तलको भाग छैन । दिक्तेल क्याम्पस पढ्दै गर्दा उनलाई स्व. मिलन राईले केही काम गर्न र अध्ययन गर्न काठमाडौं ल्याएका थिए । भैरव राईले निकै ठूलो सहयोग गरेका थिए ।

प्रधानमन्त्री ओलीले सचिवालयमा नियुक्त गरेपछि सामाजिक सञ्जालमार्फत् अब राई आफूसँगै भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा के लेखेका छन् त ?