८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय

काँग्रेस–एमालेले जनताको अधिकार खोस्न खोजे सडक संघर्षमा जाने अध्यक्ष दाहालको चेतावनी

काँग्रेस–एमालेले जनताको अधिकार खोस्न खोजे सडक संघर्षमा जाने अध्यक्ष दाहालको चेतावनी
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेस–एमालेले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ।

संविधान संशोधन गरेर सत्तारुढ काँग्रेस एमालेले जनताको अधिकार खोस्ने दुःशाहस गरिरहेको उल्लेख गर्दै उहाँले त्यसलाई सफल हुन नदिने बताउनुभएको हो । उहाँले फेरि सडकमा पलेटी कसेर जन दबाब सृजना गर्न बाध्य हुने चेतावनी दिनुभयो ।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपाली जनतालाई थप अधिकार दिलाउन आफूहरुले संविधान संशोधन गर्न चाहेको स्पष्ट पार्दै जनताको अधिकार कटौति गर्ने आशयका साथ सत्तारुढ दलहरु आए त्यस बिरुद्ध संघर्ष गर्ने बताउनु भयो ।

दुई वटा ठूला पार्टीले गर्न खोजेको संविधान संशोधन भनेको नेपाली जनताले प्राप्त गरेका अधिकारलाई पनि खोस्न खोज्ने, त्यसलाई उल्ट्याउने र देशलाई फेरि पहिलेकै निरंकुशतातिर लैजान चाहने खालको भएको जिकिर गर्नुभयो । उहाँले त्यस्ता खालका गतिविधि स्वीकार्य नहुने पनि बताउनु भयो ।

अध्यक्ष दाहालले ठूला दुई दलले थ्रेस होल्ड बढाएर साना दलहरुलाई निष्तेज पार्ने प्रयास गरेको आरोप पनि लगाउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले पनि के स्पष्ट छ भने संसदको पहिलो र दोस्रो पार्टी मिल्नेकुरा सामान्य त त्यो स्वभाविक मानिँदैन । कथित संसदीय लोकतन्त्रमा त झन मानिँदैन । तर अहिले त्यो अभ्यास गर्न खोजिँदैछ । दुई दलीय सिष्टममा लैजाने उद्देश्यका साथ सो काम हुँदैछ । संविधान संशोधनको उद्देश्यका साथ । यहाँ केही साथीहरुले भन्नुभयो–यहाँ तीन वटा धारको कुरा । त्यस्तो छैन ।

संविधान संशोधन गर्नै हुँदैन भनेर कसैले पनि भनेको छैन । अझ हामीत संविधान संशोधन गर्नुपर्छ भन्नेमा छौं । किनकी संविधान सभामा महिलाको अधिकार अथवा अरु उत्पीडित समुदाय, वर्गको अधिकार अझै पुगेको छैन । यहाँ त्यो अधिकारलाई अझ बढोत्तरी गर्नुपर्छ भनेर रिजर्भेसन राख्ने, भिन्न मत राख्ने, नेट अफ डिसेन्ट राख्ने पार्टी हुनुको नाताले हामी संविधान संशोधनको पक्षमा छौं । तर हाम्रो बिरोध संविधान संशोधनको नाममा प्रतिगमनतिर नेपाली जनतालाई निकै ठूलो त्याग र बलिदान गरेर प्राप्त गरेको अधिकार खोस्ने जो दुःशाहस हुँदैछ ।

हाम्रो त्यहाँ बिरोध हो । हामी कुनैपनि हालतमा त्यसो गर्न दिने छैनौं । हामी फेरि जरुरी पर्छ भने सडकमा पलेटी कसेर भएपनि जनताको साथमा बसेर भएपनि तिनीहरुको त्यो दुःष्प्रयास सफल हुन दिने छैनौं भनेको हो हामीले । त्यसकारण संविधान संशोधनको सैद्धान्तिक विरोध होइन । संविधान सभाबाट बनेको यो संविधानको मूलभूत विशेषता के हो भने यो देशले परिवर्तनलाई आत्मासात गरेको छ ।

समयसमयमा जनभावना अनुसार, जनताको आवश्यकता, राष्ट्रको आवश्यकता अनुसार संविधानका सबै पक्षहरु, प्रावधानहरु संशोधन हुन सक्छन् भनेर ढोका खुला राखेको छ । खाली देशको राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता, जनताको सार्वभौम सत्ता जस्ता आधारभूत कुरा ती मात्रै अपरिवर्तंनीय छन । अरु सबै राजनीतिक प्रणाली, सिद्धान्त, मान्यता ती सबै जनताको चाहना, आवश्यकता र समयको आवश्यकता अनुसार परिवर्तन गर्न सकिन्छ भनेर भनिएको छ ।

संविधान सभाबाट बनेको यो संविधानको राम्रो पक्ष पनि यही हो भन्ने मलाई लाग्छ । त्यसमा थुप्रै राम्रा कुराहरु पनि छन् । थुप्रै सिमाहरु पनि छन् । तर अहिले दुई वटा ठूला पार्टीले गर्न खोजेको संविधान संशोधन भनेको नेपाली जनताले प्राप्त गरेका अधिकारलाई पनि खोस्न खोज्ने, त्यसलाई उल्ट्याउने र देशलाई फेरि पहिलेकै निरंकुशतातिर लैजान चाहने ।

देशमा भएका विभिन्न विचार, राजनीतिक प्रवृत्ति, तिनीहरुको बीचमा बहस, छलफल हुन नदिने, अहिले एउटा कुरा आईराखेको छ–थ्रेस होल्डको कुरा । तपाईहरुले पनि सुन्नुभएको होला । थ्रेस होल्ड बढाएर साना पार्टीहरु सबैलाई निस्तेज पार्ने, तिनीहरुको अस्तित्व बिहीन बनाउने र अनि तथाकथित दुई पार्टी सिष्टम, जो पश्चिमा देशहरुमा चल्ने गरेको छ ।

त्यसैमा नेपाललाई पनि जब्बरजस्ती लैजाने खोज्ने र त्यहीमार्फत अधिनायकवादतिर देश लैजाने कोशिस भएको हुनाले नै हाम्रो विरोध हो । र हामी संसदमा मैले विश्वासको मत लिँदै गर्दा बडो विचित्रको परिघटनाहरु भए । म त्यतापट्टी धेरै जान त चाहन्न । तर त्यहाँ हामी सबैले अपिल गरेको नेपाली जनता सबै समुदाय, जातजाति, भाषा, धर्म सबैलाई गरेको अपिल के हो भने खवरदार नेपाली जनताले लामो समयको संघर्ष र बलिदान र अब त ७५ वर्षको कम्युनिष्ट आन्दोलन, यस बीचमा भएका सामन्तवाद बिरोधी, साम्राज्यवाद बिरोधी संघर्षमा भएको बलिदानहरु र उपलब्धिहरुमाथि फेरी पनि औला ठडयाउन खोजिएको छ । त्यसलाई रोक्नुपर्दछ । जनताको तागतले त्यसलाई रोक्नैपर्दछ । रोक्न सकिन्छ ।

हामीले त यही अपिल गरेका छौ । आज कमरेड पुष्पलालको जन्मशताब्दीको अवसरमा पनि हामीले एउटा संकल्प लिनैपर्दछ–सबै देशभक्त कम्युनिष्ट शक्तिलाई एउटै झण्डामुनि ल्याउने प्रयास छोडिन हुँदैन । र प्रतिक्रान्तिकारीहरु, प्रतिगमनकारीहरुले संविधानमाथि घात गर्ने दुःशाहस सफल हुनैछैन ।’

अध्यक्ष दाहालले सबै कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउने प्रयासलाई पनि अघि बढाउने बताउनु भयो ।