८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय

काँग्रेस–एमालेबीचको संविधान संशोधन गर्ने सहमति हामी मान्दैनौंः झलनाथ खनाल

काँग्रेस–एमालेबीचको संविधान संशोधन गर्ने सहमति हामी मान्दैनौंः झलनाथ खनाल
file photo
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन गर्ने काँग्रेस–एमालेबीचको सहमति मान्य नहुने चेतावनी दिनुभएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सम्मानित नेता खनालले सत्तारुढ दुई ठूला पार्टीले सत्ता स्वार्थका लागि गरिएको कुनैपनि सहमती सैह्य नहुने बताउनु भयो ।

उहाँले समानुपातिक प्रणालीलाई मास्ने गरी दुई ठूला दलबीच सहमती भएको भनिएको सुनिएको उल्लेख गर्दै यदि त्यो सही हो भने आफूहरुले मेचीदेखि महाकालीबाट संग्राम शुरु गर्ने बताउनु भयो । खनालले संविधान संशोधनको विषयलाई ठूला राजनीतिक दलहरुले खेलाँचीको विषय बनाउन नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म यी दुई वटा पार्टीले गरेको तथाकथित सहमती खै कहाँ आयो त यो ? संसदमा पनि ढाँटिएको छ हेर्नुस् । संसदभित्र त्यसको हस्ताक्षर गरिएको पत्र किन प्रश्तुत गर्न सकिएन ? ती पार्टीहरुले किन गर्न सकेनन् ? किन लुकाइरहेका छन् ती कुरा ? कसैले नौ बुँदे भन्दैछन् । नौ बुँदे हो कि १५ बुँदे हो कि ? के थाहा हामीलाई । खै सही गरेको सहमती पत्र ? हामी त्यो चाहन्छौ । नेपाली जनता त्यो हेर्न चाहन्छन् । अनि यो संशोधन गर्ने हो भने के मा संशोधन गर्ने ? यो संविधान संविधान सभाले बनाएको हो । कसैको निगाहाले बनाइएको होइन । दुई वटा पार्टीले मात्रै बनाएको पनि होइन । संविधान सभाले बनाएको हो । र संविधान सभाको म्याण्डेटलाई अभिव्यक्ति नगर्ने कुनैपनि संशोधन नेपाली जनतालाई मान्य हुँदैन ।

संविधान संशोधन यस्तो खेलाँची गट्टी खेल होइन । दुई वटा पार्टीले आफ्नो सत्ता स्वार्थका लागि यस्तो गट्टी खेल गर्नुहुन्छ ? होइन त्यस्तो कुरा । त्यसकारणले हामी त्यो कुरालाई मान्दैनौं । त्यसमाथि भनिन्छ के भन्दाखेरी यो समानुपातिक चाहीँ समाप्त गर्ने रे । साँँच्चै हो यो ? आउनुपर्यो । साँच्चै हो भने यो दुई वटा पार्टीको अधिनायकत्वको विरुद्ध अब मेचीदेखि महाकालीबाट संग्राम शुरु हुन्छ हेर्नुस् । यो साना, साना विभिन्न समूह, जाति, समूह, क्षेत्र आदिलाई प्रतिनिधित्व गराउनका लागि हामीेले ल्याएको यो समानुपातिक प्रणाली हो ।

समानुपातिक प्रणालीले कमजोर, साना, पीछडिएका समूहरुको हितलाई प्रतिनिधित्व गरिरहेको छ । त्यसकारण यो लोकतन्त्रको पनि बडो मार्मिक कुरा हो । यो त पुँजीपतिहरुले एउटा अपोजिसन, एउटा सत्ता चाहन्छ । यही चत्रको आधारमा पूजीवादलाई बचाउन खोजिएको छ । अब समाजवादले त्यो कुरालाई सहन गर्दैन । समाजवादले अब त्यस्तो कुरालाई मान्दैन ।’

सम्मानित नेता खनालले सत्तारुढ काँग्रेस–एमालेले हस्ताक्षर सहितको सात बुँदे सहमती प्रश्तुत नगरेर संसदलाई समेत ढाँटेको जिकिर पनि गर्नुभयो ।