२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासका नेताको इजरायली हिरासतमा मृत्यु



अ+ अ-

एजेन्सी । वेस्ट ब्याङ्कमा रहेका हमासका एक नेताको इजरायली हिरासतमा मृत्यु भएको प्यालेस्टिनी अधिकारीले शुक्रबार बताएका छन् ।

प्यालेस्टिनी कैदी मामिला निकाय र प्यालेस्टिनी प्रिजनर्स क्लबको संयुक्त विज्ञप्तिका अनुसार दक्षिणी इजरायलको जेलबाट अस्पतालमा सारिएपछि ६३ वर्षीय मुस्तफा मोहम्मद अबू आराको मृत्यु भएको हो।

“हामी नेता शेख मुस्तफा मोहम्मद अबु आराको निधनमा शोक व्यक्त गर्दछौं र चिकित्सकीय लापरबाहीबाट भएको उहाँको हत्याको लागि कब्जालाई जिम्मेवार ठान्दछौं,” हमासद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।

अबु आरालाई अक्टोबरमा गम्भीर स्वास्थ्य समस्या सामना गरिरहेको बेला पक्राउ गरिएको प्यालेस्टिनी निकायले जनाएका छन् । उहाँले नजरबन्दको समयमा क्रुर यातना सामना गर्नु परेको उनीहरूले बताएका छन् ।

इजरायली सेनाले यस विषयमा प्यालेस्टिनी टिप्पणीको कुनै जवाफ दिएको छैन ।